कनकाई अनलाईन
शिवसताक्षी । झापाको शिवसताक्षीमा भावातीत ध्यान शिविर सुरु भएको छ । शिवसताक्षी नगरपालिका ११ दूधे स्थित सतासीधाम सामुदायिक अध्ययन केन्द्रको हलमा शनिबारदेखि पाँच दिनसम्म शिविर सञ्चालन भएको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।
शिविरमा ५० जनाले सहभागिता जनाएका छन्, शिविर विहान ७ बजेबाट सुरु ९ बजेसम्म सम्म सञ्चालन भएको हो ।
शिविरमा नगरपालिकाका माध्यमिक तहका सामुदायिक र संस्थागत विद्यालयका ५० जना शिक्षकहरु सहभागिता जनाएका छन् भने, शिविर विहान ७ बजेदेखि ९ बजेसम्म सञ्चालन भइरहेको छ ।
शिविरको शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले उद्घाटन गरेका हुन् । उद्घाटनका क्रममा बोल्दै नगरप्रमुख थोप्राले मानिसमा बढ्दै गएको विचलनता, लोभ, मोह, क्रोध, अनियमिता, भष्ट्राचार, अनैतिकता नियन्त्रण साथै तनाब व्यवस्थापन, एन्जाइटी नियन्त्रण, भावनात्मक स्वास्थ्यमा सुधार, आत्माजागरण, स्मरण शक्तिमा सुधार गर्ने उद्देश्यलले यस प्रकारको ध्यान शिविरको आयोनजा गरिएको जानकारी दिए । उनले भने भावातीत ध्यान अरु भन्दा प्रभावकारी रहेको र विशेष गरेर शिक्षा क्षेत्रमा पनि यसले राम्रो भूमिका रहने उद्देश्यका साथ शिविर शिक्षकहरुलाई समावेश गरिएको हो । उनका अनुसार भावातीत ध्यानले अनिन्द्रा हटाउने, पिडा कमगर्ने, रक्तचाप हटाउने लगायकता शारीरिक, मानसिक, सामाजिक स्वास्थ्यमा सुधार ल्यार्ई सकारात्मक सोचको विकास गर्ने सबैभन्दा सरल, सहज र भरपर्दो माध्यम ध्यान रहेको भौतिक विज्ञानले पनी स्वीकारेको छ ।
उद्घाटनमा नेपालका चर्चित कलाकार मनोज गजुरेलले ध्यानको विषयमा चर्चा गरेका थिए । उनले ध्यानका कारण आफ्नो जीवनका धेरै परिवर्तन भएको भनुभूति सुनाएका थिए ।
विभिन्न अन्तराष्ट्रिय बैज्ञानिक अनुसन्धानबाट प्रमाणित यो “भावातित ध्यान” का माध्यमबाट “शारीरिक स्वास्थ्य, मानसिक शान्ती, बौद्धिक विकास र आध्यात्मिक उन्नति” को लाभ लिन सकिनेछ । यसको ध्यान शिविरको प्रशिक्षण अन्तराष्ट्रिय स्तरको प्रशिक्षकबाट सैद्धान्तिक र प्रयोगात्मक अभ्यास सहित गराइने भएकोले सहभागिहरु आफैले ध्यानको अनुभुती गर्ने शिवसताक्षी नगरपालिकाका कार्यक्रम अधिकृत महेश लामिछानलेले बताए ।
ध्यानको सहजीकरण महर्षि वैदिक फाउण्डेशन नेपालका प्रशिक्षक माधव अर्यालले सहजीकरण गरेका छन् । ध्यान शिविर शिवसताक्षी नगरपालिकाको आयोजनामा सञ्चालन भएको हो ।