Kanakai Online

आदर्श स्कुलले छात्रवृत्ति दिने


शनिवार, फागुन २६, २०८० |

कनकाई अनलाईन
झापाको बिर्तामोडमा ८ बर्ष पहिलेदेखि सञ्चालनमा रहेको यस आदर्श क्कुल अफ म्यानेजमेन्ट कलेजले यसै शैक्षिक सत्रदेखि झापाका पुराना लोपोन्मुख आदिवाशी जातितर्फ पर्ने सन्थाल र राजबंशी समुदायका बिद्यार्थी लक्षित छात्रवृत्ति कार्यक्रम दिने घोषणा गरेको छ ।
कलेजले जेहन्दार र खेलकुद बिधामा छात्रवृत्ति दिने निर्णय गरीएको जनाएको छ । छात्रवृत्तिमा आदिवासी बिद्यार्थी २ जना लाई सतप्रतिशत र अन्य २ जना लाई ५० प्रतिशत दिइने छ ।

आदर्श स्कुल अफ म्यानेजमेन्ट ,बिर्तामोड कलेज २०७३ सालमा स्थापना भएको हो । यस कलेजले स्थापना कालदेखि शिक्षा क्षेत्रमा स्थापित हुँदै गएको छ । युवा उद्धमी सन्जोग खरेलको निर्देशनमा संचालित आदर्श कलेजले स्थापना काल देखि कक्षा ११÷१२ मा ब्यबस्थापन तर्फ होटल ब्यबस्थापन र बिजनेस स्टडिज विषय अध्यापन हुने गरेको छ ।
स्थापना काल मा २ वटा कक्षा मा ८० जना विद्यार्थी बाट अध्यापन थालेको कलेज ले हाल ११÷१२ मा ३८० भन्दा बडी विद्यार्थी अध्ययनरत छ्न ।
होटल ब्यबस्थापनको अत्याधुनिक प्राटिकल ल्यावबाट अध्यापन गराउने आदर्श मा अतिरिक्त कृयाकलाप ,नेतृत्व बिकास,बिज्ञ हरु बाट विशेष सिकाइ तथा छात्र –छात्रा तर्फ भलिबल ,क्रिकेट तथा फुटवलका खेलाडी समेत उत्पादन गराएको छ । सो टिम हरुले हिसान,प्यावसन ,रास्ट्रपति कप समेत जित्ने गरेको कलेजका अतिरिक्त क्रियाकलाप संयोजक दिपक दासले बताउँनुभयो । कलेजको अध्यापन तर्फ विषयगत बिज्ञ र युबा उमेर का शिक्षक हरु रहेको यस कलेज ले विद्यार्थी हरु लाई चौतर्फी बिकास मा सहयोग पुराएउदै आएको अभिभावकको भनाई छ ।