कनकाई अनलाईन
११४ औ अन्तराष्ट्रिय नारी दिवशको अवशर पारेर कनकाई नगरपालिका ४ नम्बर वार्ड कार्यालयले आफ्नो वार्डभित्र रहनुभएका सय बर्ष वढी उमेरका माताहरुलाई सम्मान गरेको छ ।
वार्डअध्यक्ष रोषन सुवेदी, वडासदस्य मोहन संग्रौला, मन्दिरा विक, लक्ष्मी कटुवाल, राजु प्रसाई लगायातले घरघरमै पुगेर एक सय बर्ष भन्दा वढी उमेरका माताहरु कौशिला ओझा, गितादेवि पोखरेल, तिलरुपा खत्री र मनमाया रिजाल तथा प्राण घातक रोग लाग्नु भएका माता र पुर्णतय अपाङ्ग गरि २० जना माताहरुलाई घरमै पुगेर सम्मान गरिएको वार्डअध्यक्ष रोषन सुवेदीले बताउँनुभयो । माताहरुको दिर्घजीवन र रोगसग लडने क्षमता प्राप्त होस भनि उहाँहरुलाई सम्मान गरेर नारी दिवश मनाइएको सुवेदीले बताउँनुभयो ।
यसैगरि कनकाई नगरपालिका ३ ले नेपाली महिला नारी आन्दोलनकी प्रथम महिला योगमाया न्यौपानेलको शालिकमा मान्याल्पण गर्दै विविध सास्कृतिक कार्यक्रमका विच मनाईको छ । कनकाई नगरपालिकाकी उपप्रमुख आशाशर्मा शिवाकोटीको प्रमुख आतिथ्यतामा यहाँस्थित कनकाई उद्योग बाणिज्य संघको भवनमा विविध कार्यक्रमका विचमा नारी दिवश मनाइएको छ । यसैगरी कनकाई नगरपालिकाका ९ वटै वार्डमा समेत यसप्रकारका कार्यक्रमको आयोजना गरि नारी दिवश मनाइएको छ । यता मानव अधिकारका लागि महिला एकल महिला झापाको ७ औं वार्षिक साधारण सभा तथा ११४ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर २ जना उत्कृष्ट नारीलाई सम्मान गरिएको छ ।
एकल महिलाको छहारी भद्रपुर १० मा कार्यक्रमको आयोजना गरी जिल्ला प्रहरी कार्यालय झापाकी महिला बालबालिका तथा जेष्ठ नागरिक सेलकी प्रमुख प्रहरी निरीक्षक यसोदा घले र जग्गादाता चन्द्रदेवी दाहाललाई सम्मान गरिएको हो ।
एकल महिला झापाकी अध्यक्ष रेखा अधिकारीको अध्यक्षता तथा भद्रपुर नगर उपप्रमुख राधा कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा झापाका सहायक प्रमुख जिल्ला अधिकारी चुडामणि चापागाई, भद्रपुर १० का वडाध्यक्ष टेकबहादुर खड्का काजी, ७ का वडाध्यक्ष अभिषेक ढुंगाना, भद्रपुर ८ की वडा सदस्य भगवती बस्नेत, भद्रपुर सामाजिक विकास शाखाकी प्रमुख जीवनकला राउत, अधिवक्ता देवी निरौला लगायतले शुभकामना मन्तव्य राख्नुभयो ।
यसैगरि ११४ औ अन्तराष्ट्रिय नारी दिवशको अवशर पारेर लायन्स क्लव अफ बिर्तामोड लेडीले झापा कारागारका ९१ जना कैदीबन्दी महिलालाई लत्ताकपडा वितरण गरेको छ ।
नारी दिवसको अवसरमा एक सय थान कपडा वितरण गरिएको हो । कुर्ता, सुरुवाल र सारी वितरण गरिएको लायन्स क्लव अफ विर्तामोड लेडीकी अध्यक्ष नीरु उप्रेती ओलीले बताउनुभयो ।
वितरण कार्यक्रममा विर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतरा, भद्रपुर वडा नंं ७ का वडाध्यक्ष अभिषेक ढुंगाना लगायतको उपस्थिति रहेको थियो ।
नगरप्रमुख महतराले महिला कैदीबन्दीको शिप क्षमता र सकारात्मक सोचको विकासमा जोड दिदै नारी दिवसको शुभकामना दिनुभएको थियो ।
झापा कारागारमा ९१ जना महिला कैदी बन्दी रहनुभएको छ ।