Kanakai Online

लागुऔषध र साईबर अपराध सचेतनामा प्रहरी टोली कक्षा कक्षामा


बुधवार, फागुन १६, २०८० |

कनकाई अनलाईन
पछिल्लो समय झापा र कनकाई नगरपालिका क्षेत्रमा बढ्दो लागुऔषध प्रयोगकर्ता लाई घटाउन इलाका प्रहरी कार्यालय सुरुङ्गाले स्कुल स्कुलमा सचेतना अभियानलाई तीव्रता दिएको छ । इलाका प्रहरी कार्यालय सुरुङ्गाको प्रहरी प्रमुखका रुपमा प्रविण भट्टराई आएसगै उहाँले आफ्नो नियमित कार्यक्रमनै बनाएर स्कुल कलेजका विद्यार्थीलाई लागुऔषध सम्बन्धि सचेतना कार्यक्रम गर्दै आउँनुभएको छ ।


यसैविच कनकाई नगरपालिका वडा न.४ स्थित संस्थागत विद्यालय झापा मेरीगोल्ड अङ्ग्रेजी माध्यमिक एकदिवशीय लागुऔषध र साईबर क्राईम सम्बन्धि सचेतना कार्यक्रम सञ्चालन गरिएको छ ।
इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी प्रमुख वरिष्ठ प्रहरी नायव निरिक्षक प्रविण कुमार भट्टराईले विद्यालयका कक्षा ,९ र १० का १ सय ३० जना विद्यार्थीलाई लागुऔषधको प्रयोग र यसको असर, यसबाट बच्ने तरिका, लागुऔषधबाट मानिसमा पर्ने असर, साईबर अपराध यसको प्रकार र सजाय लगायातका वारेमा प्रशिक्षण प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा झापा मेरीगोल्ड अंग्रेजी माध्यमिक विद्यालयका पिन्सिपल तथा शिक्षकहरू लगायातको आतिथ्यता रहेको थियो । इलाका प्रहरी कार्यालय सुरुङ्गाले कनकाईका अन्य विद्यालयहरुमा समेत यसप्रकारका प्रशिक्षणहरु नियमित रुपमा गर्दै आइरहेको छ । यता कनकाई नगरपालिका १ स्थित नवयुग शिक्षा निकेतनका कक्षा ९ र १० का १०० जना विद्यार्थीहरुका लागि समेत यसप्रकारको प्रशिक्षण प्रदान गरिएको छ । विद्यार्थी सचेतना कार्यक्रममा विद्यालयका शिक्षक शिक्षिकाहरुको समेत सहभागिता रहेको थियो । प्रहरीले यस क्षेत्रका अन्य संघसंस्था लायन्स क्लव लगायातको समेत सहकार्यमा लागुऔषध सम्बन्धि कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।