कनकाई अनलाईन
नेपालकी चर्चित तथा व्यस्त गायिका रचना रिमालले झापको कनकाई नगरपालिका ३ स्थित सुरुङ्गाको पशुपति अंग्रेजी माविमा आयोजित प्रथम कला साहित्य तथा सास्कृतिक महोत्सवको माहौल तताएकी छिन ।
उदघाटनका दिन नेपालका चर्चित हास्य कलाकार मनोज गजुरेलले आफ्नो प्रस्तुति दिएर वेलुकीको समय उपस्थित सबैलाई हसाएर महोत्सवको सुरु गरिएको थियो । यसको निरन्तता दिदै चर्चित गायिका रचनाले दोस्रो दिन १५ गते मंगलवार रातीको समयमा आफ्ना कालजयी गितहरु प्रस्तुत गरेकी थिईन । रचनाले आफ्नो चर्चित गित पाउडर किरिमले कहिले हसायो कहिले रुवायो माया पिरिमले गित प्रस्तुत गरिरहदा स्टेजमै चढेर आयोजक रोटरी क्लवका सदस्यहरु नाचेर माहौल तताएका थिए । उक्त गितको साथमा रचनाले आफ्ना चलेका गितहरु मिनिरल वाटर भन्दै खान्छौ क्वाटर, तिमी त पोखरेली, चर्र्किएको ऐना सरी टुट्यो हाम्रो माया, फोटो फ्रेममा, उनको प्रिति पहिले होकि उनको प्रिति पहिले लगायातका आधा दर्जन गितहरु प्रस्तुत गर्दै सुरुङ्गाको र उक्त साहित्यिक कार्यक्रमको माहौल तताएकी थिइन ।
दिनभर अन्य साहित्यिक गतिविधि भएपनि रातीको समयमा थप मनोरञ्जन दिनका लागि आयोजकले राष्ट्रिय कलाकारलाई कार्यक्रमकै लागि बोलाइएको आयोजक समिति रोटरी क्लव अफ सुरुङ्गाका अध्यक्ष शिव कडेँलले बताउँनुभयो । प्रथम कला सस्कृति तथा साहित्य महोत्सवलाई थप आकर्षक बनाउन राष्ट्रिय कलाकारहरु मुर्तिकार तथा चित्रकार हिम्मत नेम्बाङ्ग र पवन राजवंशीले आफ्ना एकल चित्रकला प्रदर्शनी गरिरहनुभएको छ भने पुस्तक डोनेशन लगायातका कार्यक्रमहरु सञ्चालन गरिरहेको आयोजक समितिका संयोजक अखिल कोइरालाले बताउँनुभयो ।
आज राष्ट्रिय मुर्धन्य साहित्यकारहरुको सुरुङ्गामा जमघट हुदै
यसैविच आजै ११ बजेबाट देशका चर्चित र विश्वस्तरीय नेपाली साहित्यकारहरु तुलसी दिवश, कवि अर्जुन पराजुली, प्राडा रामप्रसाद ज्ञवाली, मनु मञ्जिल, माया मानवी, कुन्ता शर्मा, प्राडा देवि नेपाल, लक्ष्मण गाम्नागे, धीरेन्द्र प्रेमर्सी, कोमलप्रसाद पोखरेल, सुमन स्मारिका, शिशिर योगी लगायातका साहित्यकारहरुको एकसाथ जमघट हुने आयोजक समितिका कुमारमणि पोखरेलले जानकारी दिनुभयाृे । यसरी कनकाई नगरपालिकामै एकसाथ राष्ट्रिय अन्तराष्ट्रिय नेपाली भाषा साहित्यका महारथीहरुको एकसाथ पहिलो चोटी कनकाईवाशीहरुले जमघट र साहित्यको माध्यमबाट मनोरञ्जन लिदै छन । आजै ३ दिने साहित्य महोत्सवको समापन समेत हुने छ ।
साहित्य तथा सास्कृतिक महोत्सवमा स्थानीय झापा मेरिगोल्ड स्कुल, कनकाई मावि, पशुपति अंग्रेजी मावि लगायातका कलाकारहरुले आफ्नो सास्कृतिक प्रस्तुति र नाटक मञ्चन गर्नुका साथै कनकाई र जिल्लाभित्रका साहित्यकारहरुले समेत आफ्नो प्रस्तुति राखेका थिए । कार्यक्रम रोटरी क्लव सुरुङ्गाले यस क्षेत्रमा पहिलो पटक आयोजना गरेको हो । कार्यक्रम समापनको संघारमा आइपुग्दा महोत्सव हेर्नेको र अवलोकन गर्नेको भीड बढेको छ ।