Kanakai Online

करेन्ट लगाएर माछा मार्दा एक झापालीको मृत्यु


मङ्गलवार, फागुन १५, २०८० |

कनकाई अनलाईन
झापाको बाह्रदशी गाउँपालिका ६ मिलनचौकमा जमेको पानीमा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मंगलवार दिउसो २ बजेको समयमा स्थानीय २८ बर्षिय बुद्धराज लिम्बुको आफ्नो घरबाट ५०० मिटर नजिक्कै रहेको खेतमा जमेको खाल्डोको पानीमा मेनलाईनबाट करेन्ट लगाएर माछा मार्नेक्रममा अचानक करेन्ट लागि घाईते बनेको लिम्बुको उपचारका लागि लैजानेक्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरिक्षक ढुडिराज गिरीेले बताउँनुभयो । घटनावारे प्रहरीले थप अनुसन्धान थालेको जनाएको छ ।