Kanakai Online

मेची पुलमा ब्राउनसुगरसहित दुई जोडी पक्राउ


सोमवार, फागुन १४, २०८० |

कनकाई अनलाईन
प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित प्रहरीले नेपालको पुर्वी सिमा काँकडभिट्टाबाट दुई जोडी पक्राउ गरेको छ ।

लागुऔषध ब्राउनसुगर सहित दुई युवा र दुई युवतीलाई नेपालको पुर्वी सिमानाका मेची पुलबाट आईतबार साँझ ७ बजेको समयमा मेचीनगर ६ स्थित पुरानो मेची पुलमा लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका दमक २ सुनखरी बस्ने बर्ष ३३ का प्रविन तामाङ र सोही ठाउँ बस्ने बर्ष ४५ की कमला तामाङलाई गोप्य सूचनाको आधारमा चेकजाँच गरेको थियो । त्यसक्रममा शरीर तलासी लिँदा उनीहरुले लगाएको कपडामा लुकाई छिपाई ल्याउँदै गरेको ९ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ ।

त्यस्तै आईतबारराति ८ः४५ बजेको समयमा मेची पुलमा लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१–०२–०४१ प.१०३८ नम्वरको मोटरसाइकललाई चेकजाँच गर्दा त्यसक्रममा मोटरसाइकल चालक मोरङ मिक्लाजुङ ९ बस्ने बर्ष २८ का डिकबहादुर कार्की र मोटरसाइकल पछाडि सवार मोरङ मधुमल्ला तोरीवारी बस्ने बर्ष २२ की नाईरा भन्ने कोशिस तामाङले लगाएको कपडाभित्रको भागमा लुकाई छिपाई राखेको ११ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । चारै जनालाई ईप्रका काँकरभिट्टामा ल्याई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।