कनकाई अनलाईन
बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको फागुन १४ गते हुने निर्वाचनका लागि उद्योग उपाध्यक्ष पदमा उम्मेदवारी दिएका ओमप्रकाश श्रेष्ठ बिर्तामोडस्थित साइ अटोमोबाइल प्लाजाका सञ्चालक हुन् । बिर्तामोड १० मा ४४ बर्ष अघि जन्मिएका श्रेष्ठले साइ अटोमोबाइलमार्फत मोटरसाइकल तथा स्कुटर बिक्री गर्दै आएका छन् । श्रेष्ठ बिर्तामोड उद्योग वाणिज्य संघका संस्थापक सदस्य समेत हुन् ।
सालिन र मिजासिलो स्वभाव भएका श्रेष्ठ २०५२ सालमा गोमेन्द्र कलेजमा उच्च शिक्षा अध्ययन गर्ने क्रममा नै गणेश भण्डारमार्फत वाणिज्य क्षेत्रमा प्रवेश गरेका हुन् । बाह्रदशी–६ की कामना उप्रेतीसँग २०५५ सालमा बैवाहिक बन्धनमा बाँधिएका श्रेष्ठका एक छोरा र एक छोरी रहेका छन् ।
श्रेष्ठ दम्पतिले परिवारको आर्थिक स्थिती बलियो बनाउनु पर्छ भन्ने उद्धेश्यले श्रीमतीका लागि आयुस भण्डार सञ्चालनमा ल्याए । उनीहरुले उक्त भण्डारमार्फत किराना सामाग्रीको होलसेल गर्न थाले ।
आफैँ केहि गर्नुपर्छ भन्ने हुटहुटी बोकेका श्रेष्ठले २०६२ सालमा काइनेटीक कम्पनीको मेचीका लागि डिलर लिएर स्कुटर तथा मोटरसाइकल बिक्री गर्न थाले । २०६६ सालदेखि महिन्द्रा कम्पनीको स्कुटर तथा मोटरसाइकल बिक्री शुरु गरेका श्रेष्ठले १५र१६ जना युवाहरुलाई रोजगारीसमेत दिए ।
यस्तो छ श्रेष्ठको संस्थागत नेतृत्व अनुभव
व्यवसायका अलवा सामाजिक भावना भएका श्रेष्ठले समाजका विभिन्न सामाजिक धार्मिक संघसंस्थामा रहेर नेतृत्व प्रदान गरिसकेका छन् । साबिक गरामनी–९ स्थित शिवालय मन्दिरको संस्थापक अध्यक्षको रुपमा उनले काम गरे । त्यस्तै २०६७ सालमा नेवा देय दबु गरामनी समन्वय समितीको संस्थापक अध्यक्ष रहि काम गरे । समाज रुपान्तरणका लागि युवा अगाडी बढ्नु पर्छ भन्ने भावना बोकेका श्रेष्ठ २०७० सालमा साबिक गरामनी ९ स्थित शिवालय चोक उत्तरमा रहेको भिमसेन मन्दिर निर्माण गरी संस्थापक अध्यक्षको रुपमा काम गरिसकेका छन् ।
बिर्तामोड–१० सैनिक बजार स्थित श्री ज्ञान कुन्ज सार्बजनिक पुस्तकालयको ३ बर्से अध्यक्षको रुपमा काम गरेका श्रेष्ठले मानव सेवामा अत्यन्तै महत्वपूर्ण एम्बुलेन्स संचालनमा ल्याएका थिए ।
यसै गरी नेवाः देय दबु बिर्तामोड नगर समितिको सस्थापक सचिव हुदैं यसै संस्थाको जिल्ला समन्वय समिति झापाको सदस्य भई काम गरिसकेका छन् । उनी हाल नेवाः देय दबु प्रेदश नं। १ को सचिवालय सदस्य पदमा रहेर काम गरिरहेका छन् ।
कुशल व्यवसायी श्रेष्ठ थुप्रै संघसंस्थाबाट सम्मानित भएका छन् । महिन्द्रा कम्पनीले उनलाई बेष्ट पर्फरमेन्स अफ दि इयर २०७३र७४ प्रदान गरेको छ । शैक्षिक क्षेत्रमा उत्तिकै रुचि राख्ने श्रेष्ठले श्री वीर अम्बर सिंह प्राबिधिक माध्यमिक विद्यालय ब्यावस्थापन समितिमा पुर्याएको योगदानको कदर स्वरुप विद्यालयले सम्मान गरेको छ ।
श्रेष्ठ झापा उद्योग वाणिज्य संघ शाखा कार्यालय बिर्तामोडको कार्यसमिती सदस्यको रुपमा काम गरिसकेका वाणिज्य क्षेत्रका अनुभवी व्यक्तित्व हुन ।
उद्योग वाणिज्य संघको संस्थापक सदस्य भएर अनुभव हासिल गरिसकेका श्रेष्ठले यस पटक उद्योग उपाध्यक्षमा आफ्नो दरिलो उम्मेदवारी पेश गरेका छन् ।
श्रेष्ठको उम्मेदवारी के का लागि रु
बिर्तामोड उद्योग वाणिज्य संघको संस्थापक सदस्यको रुपमा रहँदा व्यवसायीहरुको साझा समस्या बुझेको छु । त्यसको समाधानका लागि अग्रणी भूमिका निर्वाह गर्न तयार छु ।
बिर्तामोड उद्योग बाणिज्य संघलाई राजनीति गर्ने थलोको रुपमा व्यवसायीहरु माझमा रहेको बुझाईलाई हटाएर साझा संस्थाको रुपमा विकास गर्न अग्रसर हुनेछु ।
बैंक, वित्तीय संस्था र सहकारीबाट समस्यामा परेका व्यवसायीहरुका समस्या समाधानका लागि ठोस र दीर्घकालीन नीति अवलम्बन गर्ने कुरामा मेरो मुख्य ध्यान जानेछ ।
घरबहाल कर सम्बन्धी ऐन र हाटबजारका व्यापारीहरुलाई सुरक्षित बनाउने विषयमा बिर्तामोड नगरपालिकासँगको सहकार्यमा जोड दिनुपर्ने मैले देखेको छु ।
व्यापारिक क्षेत्रलाई सुरक्षित बनाउन नगरका अन्य क्षेत्रमा पनि सिसी क्यामरा जडान गर्नुपर्ने आजको आवश्यकता रहेको छ सो पुरा गर्नका लागि पहल गर्नेछु ।
स्थानीय व्यापारीहरुलाई औद्योगिक भ्रमण गराई व्यवसायीक कुरामा अझ बढी ज्ञान दिलाउन आजको अपरिहार्यता हो, त्यसका लागि सहजीकरण गर्नेछु ।
व्यापारीहरुलाई बर्गीकरण गरेर वैज्ञानिक तरिकाले सदस्यता शूल्क तोक्ने काममा ध्यान जान जरुरी रहेको महशुस गरेकोछु ।
नगरका व्यापारीहरुलाई करका विषयमा प्रभावकारी तालिमको व्यवस्था गर्न नसक्दा अनेकौं झण्झट बेहोर्दै जरिवाना तिर्न बाध्य हुनु परेको छ । यस बिषयमा हार्डवेयर, सुनचाँँदी, होटल लगायतका व्यवसायीहरु लाई छुट्टाछुट्टै तालिमको व्यवस्था गर्ने कुरा मेरो प्राथमिकतामा पर्नेर्छ ।
घरधनी र बहालवाला बीच सुमधुर सम्बन्ध राख्दै नगरमा घरभाडालाई बैज्ञानिक रुपमा एकरुपता बनाउनु अबको आफ्नो ध्येय रहेको छ ।
बिर्तामोड उद्योग बाणिज्य संघलाई अझ बढी सफल साथै बिर्तामोड नगरीलाइ अझ स्वच्छ र हरित बनाउन व्यवसायी तथा स्थानीयबासीको सल्लाह र सुझावलाई आत्मसाथ गर्दै अगाडी बढ्ने मेरो प्रतिबद्धता रहेको छ ।
अन्त्यमा, बिर्तामोडको समग्र व्यवसायीक क्षेत्रको हितका लागि स्वतन्त्र समूहका सदस्यहरुलाई विजयी गराइदिन सम्पूर्ण मतदाताहरुलाई हार्दिक अपिल गर्दछु ।