Kanakai Online

मुख्यमन्त्री कार्कीद्धारा झापाको हात्ती प्रभावित क्षेत्रको पैदययात्रा सुरु


बुधवार, फागुन ९, २०८० |

कनकाई अनलाईन

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले झापाको बाहुण्डाँगीबाट हात्ती प्रभावित क्षेत्रको पदयात्रा शुरु गर्नुभएको छ ।
जीव, जनावर, जंगल, जनतामैत्री जिम्मेवार जनप्रतिनिधि भन्ने नाराका साथ नेपाल–भारत सीमाको मेची खोला तीरमा हात्ती नेपालतर्फ प्रवेश गर्ने नाकाबाट बुधवारदेखि पदयात्रा शुरु गर्नुभएको हो ।

हात्तीको परम्परागत जैविक मार्गको पुनःस्थापना तथा बासस्थानको संरक्षण, मानव–हात्ती द्वन्द न्युनीकरण गर्दै हात्तीमैत्री पर्यापर्यटनको विकास गर्ने उद्धेश्उका साथ पदयात्राको सुरु गरिएको मुख्यमन्त्री कार्कीले बताउँनुभएको छ । सरकारले पर्यावरण संरक्षण गर्ने उद्देश्यसहित ‘जसको जंगल उसको मंगल’ कार्यक्रम बजेटमार्फत नै अघि सारेको जनाएको छ ।

पैदलयात्रा शुभारम्भ कार्यक्रममा मुख्यमन्त्री कार्कीले हात्ती र मानवबिचको द्वन्द्व घटाउन र समस्या पहिचान गर्न पदयात्रा शुरु गरिएको बताउँनुभयो । स्थानीय र हात्ती दुबैलाई दुःख नहुने गरी समस्या समाधान खोज्न पनि यात्राले सहज बनाउने मुख्यमन्त्रीको भनाई रहेको थियो । यात्राका बेला यसवारेमा व्यापक छलफल गरेर योजना बनाउने र बजेट बिनियोजन गर्ने मुख्यमन्त्रीको भनाई थियो ।

झापाको बाहुनण्डाँगी क्षेत्रमा सबैभन्दा बढी मानिसले ज्यान गुमाएको ठाउँबाट यात्रा सुरु गरेको यात्रा फागुन १६ गते उदयपुर जिल्लाको बेलसोतमा पुगेर सम्पन्न हुने बताइएको छ ।
पदयात्रामा प्रदेशका सरकारी एवं गैरसरकारी निकाय, संरक्षणकर्मी, सुरक्षाकर्मी, संचारकर्मी, हात्तीविज्ञ, नागरिक समाज एवं आम नागरिकहरुको सहभागिता रहेको छ ।

पदयात्रा शुभारम्भ कार्यक्रममा प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्री गणेश उप्रेती, कृषिमन्त्री रामकुमार खत्री, भौतिक पूर्वाधार मन्त्री कमल जबेगु, मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी, हात्ती पीडित परिवारकी जगनमाया थापा लगायत धेरैको सहभागीता थियो । यात्राका क्रममा साथमा रहनुभएका गाइनेहरुको समुहले हात्ती तथा पर्यावरण संरक्षणको सन्देशमुलक गीत गाएर अभियान शुरु गरिएको थियो ।