Kanakai Online

फक्तालुङको बार्षिकत्सवमा विविध कार्यक्रम


सोमवार, फागुन ७, २०८० |

कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका ७ दुर्गापुरस्थित फक्तालुङ एजुकेशन फाउण्डेशनले आफ्नो १४ औ बार्षिकउत्सव र अभिभावक दिवश मनाएको छ ।

विद्यालयले आफ्नो अभिभावक दिवशको अवशर पारेर विद्यालयस्तरीय प्रथम पिईएफ आइडल प्रतियोगिताको समेत आयोजना गरेको छ जसमा शिखा सेन्चुरी प्रथम भईन । प्रथम फक्तालुङ आइडलको दोस्रो स्थान नामसङ लिम्बु र तेस्रो स्थानमा परवेश सग्रौला भए ।

यसैगरि विद्यालयले यसबर्षबाट उत्कृष्ट अभिभावकलाई समेत सम्मान गरेको छ । अभिभावकहरु सन्तोस सुब्बा, बबिता उप्रेती, चन्द्रकला श्रेष्ठ, खगेन्द्र योङहाङ, बिमला न्यौपाने र अमृत विश्वकर्मालाई उत्कृक्ष् अभिभावकका रुपमा सम्मान गरिएको थियो ।
कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा एन प्याब्सनका केन्द्रिय सदस्य संञ्जिव राई, कनकाई नगरपालिका ७ का वडाध्यक्ष भिष्मभुषण सिटौला, एन व्याब्सन झापाका अध्यक्ष प्रेम शेर्मा, कनकाई नगरपालिका ७ का वडासदस्य निर्मल आङथोपो लगायातको आतिथ्यता रहेको थियो ।
विद्यालयका अध्यक्ष दुर्गा नेम्बाङ्गको सभापतित्वमा आयोजित कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले आकर्षक सास्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । भने सोही अवशमा विद्यालयका विद्यार्थीबाट तयार गरिएको चित्रहरुको समेत प्रदर्शनी गरिएको थियो । विद्यालयको चित्रकला प्रशिक्षकमा प्राज्ञ पवन राजवंशी रहनुभएको छ ।
कार्यक्रमको स्वागत विद्यार्थी विज्ञासा दाहालले राख्नुभएको थियो ।
विद्यालयको विविध बार्षिक प्रतिवेदन विद्यालयका पिन्सिपल ओमविक्रम नेम्बाङले राख्नुभएको कार्यक्रममा उत्कृट शिक्षकका रुपमा दुर्गा लुईटेल र कुसुम भुजेललाई तथा बर्ष उत्कृष्ट विद्यार्थीका रुपमा इना राई, मिनाल शिवाकोटी र गत बर्षको रुपमा खगेन्द्र योङहाङलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा रोबर्ट प्रदर्शन लगायातका कार्यक्रमको आयोजना गरिएको थियो । यसैगरि विद्यालयबाट सहभागि भएर जिल्ला स्तरीय भलिबल तथा फुटबल प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीलाई समेत सम्मान गरिएको थियो ।