Kanakai Online

कनकाईमा सार्वजनिक सुनुवाई, सेवाग्राहीको उपस्थिति न्युन


बुधवार, माघ १७, २०८० |

कनकाई अनलाईन
कनकाई नगरपालिकामा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।


बिर्तामोडस्थित सुर्योदय टेलिभिजनको समन्वय तथा कनकाई नगरपालिकाको आयोजनामा भएको सार्वजनिक सुनुवाईमा कर्मचारी र जनप्रतिनिधिको वाग्लो उपस्थिति भएपनि सेवाग्राहीको भने न्युन उपस्थिति रहेको थियो । केहि दलका नेता र पत्रकारको औपचारिक उपस्थिति रहेको कार्यक्रममा सेवा ग्राहीले सेवा सुविधा र विकास निर्माणको ढिलासुस्तीका वारेमा प्रश्न गरेका थिए ।

सेवाग्राही तथा दलका नेताहरुले स्वास्थ्य सेवा, कृषि तथा पशु सेवाका वारेमा खुलेर प्रश्न गर्दा पत्रकारहरुले नगरको सञ्चारनिति बाहिरका मिडियालाई पोस्ने भएको भन्दै गुनासो गरेका थिए । सहभागिहरुले मुख्य गरि नगरमा सुकुम्बासी समस्या लामो समयदेखि रहेको भन्दै गुनासो गरेका थिए । कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, प्रमुख प्रसाशकिय अधिकृत लक्ष्मी खरेल लगायात अन्य साखा अधिकृतहरुले सहभागिको गुनासोको उत्तर दिएका थिए । कार्यक्रमको सञ्चारकर्मी उमाकान्त खनाल र केशव भण्डारीले सहजीकरण गरेका थिए । सार्वजनिक सुनुवाई कार्यक्रम भएपनि कनकाई नगरपालिकाको बन्द कोठाभित्र यस प्रकारको कार्यक्रम गरिदा सहभागि उपस्थिति नरहेको जानकारहरुको भनाई रहेको छ ।

सम्बन्धित खबर