Kanakai Online

माया मगरको हत्या आफ्नै प्रेमीबाट


आइतवार, माघ १४, २०८० |

कनकाई अनलाईन
गत माघ ८ गते सोमवार झापाको अर्जुनधारा नगरपालिका ६ बिहानी टोलमा हत्या गरिएकी माया पुलामी मगरको हत्या आफ्नै प्रेमीबाट भएको खुलेको छ ।


५० बर्षिय मगरको गत सोमवार टाउकोमा ढुङ्गा प्रहार गरि हत्या गरिएको अवस्थामा फेला पारिएको थियो । प्रहरीले करिव ५ दिनको अनुसन्धानपछि हत्यामा संग्लन भएको आरोपमा आफ्नै प्रेमी ४६ बर्षिय चन्द्रप्रसाद प्रसाईलाई सार्वजनिक गरेको हो । मृतक महिला र प्रसाई विच यसअघि समेत शारिरीक सम्पर्क हुने गरेको र त्यसदिन समेत सोही कुरामा विवाद हुदा हत्या गरिएकी महिला मगले प्रसाईलाई आखामा प्रहार गरेपछि आवेगमा आएर आफुले ढुङ्गाले प्रहार गरि हत्या गरेको प्रसाईले स्वीकार गरेको आज पत्रकार सम्मेलनको आयोजना गरि इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरिक्षक सुरज कार्कीले बताउँनुभयो ।


हत्यामा संग्लन भएको आरोपमा प्रहरीले प्रसाईलाई ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको समेत पत्रकार सम्मेलनमा जानकारी गराएको छ । मृतक मगर विवाहित महिला भएको र प्रसाई भने अविवाहित पुरुष रहेको र दुबैविच मायाप्रेम रहेको समेत प्रहरीले जनाएको छ । दुबैजना ज्याला मजदुरी गर्ने भएको समेत प्रहरी प्रमुख कार्कीले बताउँनुभयो । मृतक मगरको ठेगाना माई नगरपालिका २ महमाई इलाम रहेको र उनी विर्तामोड नगरपालिका ५ मा रहदै आएको तथा हत्यामा संग्लन भनिएका प्रसाई समेत बिर्तामोड नगरपालिका ८ गरामुनीमा घरभई बिर्तामोड सोही स्थानमा डेरा गरि बस्दै आएको पाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर