Kanakai Online

शिवसताक्षी ४ का विपन्न समुदायलाई खाट वितरण, अब भुईमा सुत्नु नपर्ने


शनिवार, माघ १३, २०८० |

कनकाई अनलाईन
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ४ का विपन्न परिवारलाई खाट वितरण गरिएको छ । शिवसताक्षी नगरपालिका वडा नं. ४ ले वडा भित्रका ४ सय परिवारलाई खाट वितरण गरेको हो ।
वडाका विपन्न समुदाय जाडोमा चिसो भूईमा सुत्नु पर्ने बाध्यतालाई मध्यजनर गर्दै खाट वितरण गरिएको वडाध्यक्ष विष्णुप्रसाद प्रसाईले जानकारी दिए ।

यहाँका ४ सय परिवारलाई मिनी खाट वितरण गरिएको छ । उनले भने, वडमा अधिकांश विपन्न समुदाय बस्छन् । जसको घरमा खाट छैन, यो माघको जाडोमा भुइमा सुत्नुपर्ने बाध्यता छ ।
विभिन्न संघ संस्थाको सहयोगमा १२ लाख बराबरको खाट वितरण गरिएको वडा नं.४ को कार्यालयले जनाएको छ ।
वडाले १९ एमएमको प्लाइमा छोटो खुट्टा बनाई मिनी खाट तयार गरी वितरण गरेको हो ।
प्रसाईका अनुसार राज्यको रकम नभई विशुद्ध संघ संस्थाको लगानीमा काम गरिएको हो ।
वडा नं. ४ मा पासवान, ताँती, मुसर, ऋषिदेव सतार, कर्मचार, मिश्री, थारु, तेली, राजवंशी ताजपुरिया जातिहरुको बाहुल्य रहेको छ ।
वडाले यस अघि विपन्न समुदायका अपाङ्गता भएका व्यक्तिहरुलाई ज्याकेट वितरण गरेको थियो ।

सम्बन्धित खबर