कनकाई अनलाईन
कलाकार राजेशपायल राईले अर्का झापाली हास्य कलाकार राकेश कमेडीलाई लात्तले हानेको भनेर एक भिडियो भाईरल बनेपछि पिडित भनेको राकेश कमेडी मिडियामा आउनुभएको छ ।
राकेश कमेडीले उक्त भिडियोमा देखिएको जस्तो आफुलाई गायक राजेश पायल राईले लात्तले हान्नुपर्ने कुनै कारण नरहेको र आफुलाई गायक राईले लात्तले समेत नहानेको भन्दै आफ्नो र गायक राजेश पायल राईलाई बदनाम बनाउन २ बर्ष पहिलेको भिडियो कसैले हालेर भाइरलब बनाएको बताएका छन ।
यो घटना भएको भनिएको स्थान तेह्रथुमको भदौरे मेलाको भएको र आफुपनि राजेशपायल राईकै गाडीमा चढेर मेलामा हास्य प्रदर्शन गर्न गएको राकेश कमेडीले कनकाई अनलाईनसगको कुराकानीमा बताउँनुभयो । राती धेरै भईसकेको थियो । प्रहरी प्रशासनले मेला रोक्न भनेको कारण आयोजकले मलाई गायक राजेश पायललाई अब गित रोक्न भनेर भनिदिनुभयो मपनि गायक राजेश पायल राईसगै गएको हुनाले स्टेजमा चढे र कार्यक्रम छोट्याउन भने भएको यति हो तर कसले कसरी भिडियो खिचेको हो मलाई थाहा छैन झन राष्ट्रिय मिडियाबाट समेत यसरी लगातार समाचार प्रकाशन हुनुले मलाई समेत दुखित बनाएको छ । राजेश पायल राई मैले मनपराएको गायक मात्रै नभएर मेरा आदर्श कलाकार समेत हो उहाँ मादक पदार्थको समेत सेवन गनुूहुन्न म उहाँलाई राम्ररी जान्दछु कृपया जजसले यो भिडियो हाल्नुभएको छ सो हटाइदिनुहोला । राकेश कमेडीले कनकाई अनलाईनसामु बताउँनुभयो । मैले आयोजकले राजेश पायल राईलाई कानमा गएर दाजु ढिला भयो रे मात्रै भनेको थिए । उहाँले गित गाइरहनुभएको थियो, नाच्नका लागि खुट्टा उचाल्नुभएको हो तर खिच्ने मान्छेले गलत तरिकाले खिचेको कारणलृे अहिले भिडियो भाइरल भयो भन्दै त्यतिवेला हल्का आफुलाई ठोकिएको जस्तो मात्रै भएको तर अहिले २ बर्ष पछाडि कसले कुन पायोजनका लागि भिडियो सार्वजनिक गरेको हो मलाई थाहा भएन कृपया भिडियो हटाइदिनुहोला यसरी एकजना इमान्दार कलाकारलाई बेइज्यत गरिदिनुभएन राकेशले भने । आफुले हिजोदेखि उक्त भिडियो सामाजिक संञ्जालमा भाइरल बनेको पाएको बताए ।
हेर्नुहोस राकेश दर्नाल कमेडीको फेसबुकमा भनाई समेत ।