Kanakai Online

झापामा एक्कैघरबाट २२ तोला सुन चोरी


बुधवार, माघ ३, २०८० |

कनकाई अनलाईन
घरमा कोही नभएको मौका छोपी झापाको बाह्रदशी गाउँपालिका ३ राजगढ बजारमा पुस २९ गते राती २२ तोला सुन चोरी भएको छ ।
मनिष राजवंशीको घरबाट २२ तोला सुन र ८५ तोला चाँदी चोरी भएको पिडित परिवारले जनाएको छ । राजवंशीले ३५ लाख बराबरको क्षति भएको भन्दै इलाका प्रहरी कार्यालय राजगढमा उजुरी समेत दिएका छन ।

राजवंशीले श्रीमतिलाई झापा गाउँपालिका माइती पठाएर भाक्का दिवस मनाउन बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशाला जानुभएको बताउँनुभएको छ । राती आफु पनि ससुराली गएका उनी विहान घर आइपुग्दा सबै ढोका फुटाएको र ती सामाग्री समेत चोरी भएको पाएको बताउँनुभएको छ । माघ १ गते विहानै घर आयौं, राजवंशीले भन्नुभयो – ‘घर आउँदा सबै खुल्ला थियो । घरभित्रका दराजहरु सबै खुल्ला थिए । कपडाहरु जथाभावी छरिएको थियो । घरमा रहेको सबै गरगहना चोरी भएको रहेछ ।

घटनाको प्रकृति हेर्दा, घरको कम्पाउड वाल नाघेर घरमा प्रवेश गरेको राजवंशीको भनाई छ । गेटको ढोका नाघेर छिरेका चोरहरुले घरको मुल ढोकासहित भित्र दुई वटा कोठाको ढोका फोरेको पाइएको राजवंशी परिवारको भनाई रहेको छ । भने घरमा चोरी गर्नेले लगाएको टोपी फेला परेको छ । टोपी सहित रड, पेचकस र केहि फलामे सामग्रीहरु भेटिएको छ । फेला परेको सामाग्रीसहित चोरी कार्यमा संग्लनहरुको खोजी कार्य जारी रहेको प्रहरीको भनाई रहेको छ ।
हप्तापिच्छे ठुला–साना चोरीको घटना भइरहेको स्थानीयवाशी विरेन्द्र राजवंशीले बताउँनुभयो ।

सम्बन्धित खबर