लीलाराज झापाली
हरेक बर्ष पुस २८ गतेदेखि माघ महिनाको २ गतेसम्म कनकाई माईको दुबै किनारमा लाग्दै आएको पुर्वकै चर्चित माईवेनी मेलाले धेरथोर भएपनि कनकाई नगरपालिकालाई आन्तरिक आयमा सहयोग गर्दै आएको छ ।
आर्थिक भन्दा पनि कनकाई नदि किनारामा लाग्दै आइरहेको यस माईवेनी मेलाले यस क्षेत्रको सामाजिक, पर्यापर्यटनको महत्व सयौ गुणा वढी छ । हरेक बर्ष मकर मेला भर्न र मकर स्नान गर्नका लागि यहाँ देशभित्रबाट मात्रै नभएर विदेशबाट समेत धार्मिक पर्यटकहरु आउने गर्छन । केहिदिन भएपनि यहाँको आर्थिक र पर्यटकिय गतिविधि चलायामान हुने गरेको छ ।
तर हामी कनकाई नगरवाशीहरु भने पूरानो उखान माल पाएर चाल नपाएको भनेझै सम्भवनानै सम्भावना बोकेको यस कनकाई माईवेनी मेलाले हरेक सालकाझै थोरै आर्थिक संकलनको साथका कयौ गुणा बेइज्यत गराएर जाने गरेको छ । अब त यस्तो भाष्यको निर्माण जिल्लाभित्र र बाहिर गइसकेको छ कि हरेक बर्षको माघ १ गते र २ गते कनकाई नगरवाशीहरुले पालिकाबाहिरका मानिसहरुलाई लुटनकै लागि तयार बसेका हुन्छन ।
खासमा यस्तो कदापि होईन तर हरेक बर्षमा देखिने सामाजिक संजाल र मिडियामा आउने समाचारका कारण हरेक बर्ष कनकाई नगरपालिका बदनामी कमाउदै गएको छ । हरेक बर्ष यस मेलामा लाखको हाराहारीमा मानिसहरु मेला भर्नका लागि आउने गर्छन । तर यहाँ व्यापार व्यावसाय र ती आउने भक्तजनहरुलाई हामीले आफैले उत्पादन गरेको अगरवत्ती समेत विक्री गर्न सकिरहेका छैनउ । अनि हामी नगरवाशीहरु विवादीत व्याक्ति पवन गोल्यानहरुले हामीसग महगो मुल्यमा हामीले उत्पादन गरेको तरकारी किनिदिन्छ भनेर खुसी भइरहेका छौ । हामीले कनकाई माईवेनी मेला २४ लाखमा लगाउँछौ तर उदघाटन गरेपछि मेलामा पार्किङ शुल्क कति लिइदैछ । कानुनले बर्जित गरेका जुवाजन्य खेलहरु पो खेलाइदैछकि भनेर कहिकतैबाट समेत अनुगमन गर्दैनौ । अक्सर माईवेनी मेलाका दिन सार्वजनिक विदा पर्ने र भोलीपल्ट माघ २ गतेसमेत आफै विदा घोषणा गरेर नगरपालिका यी सबै जिम्बेवारबाट टाडा हुने गरेका छौ । कनकाई माईवेनी मेलाका वारेमा यसअघि समेत हेल्लो सरकारमा उजुरी परेपछि उजुरीको प्रतिउत्तर दिनु परेको थियो । हामीले मकर मेलालाई मकर मेलाका रुपमा नभएर लुटनकै लागि लगाइएको मेलाका रुपमा विश्वभर परिचित हुदा समेत हामी विरोधका लागि विरोध त हो नि भनेर खुसी मानिरहेका छौ । मेलालाई पहिलेकोझै पुरै ७ दिन लगाउने यहाँ उत्पादन गरिएको तरकारी र अन्य सामाग्रीहरुलाई सहुलियत दिएर अवलोकनको वातावरण बनाउने गर्नु भने मेला साच्चैको कनकाई नगरवाशीको मात्रै नभएर जिल्लावाशीका लागि समेत राम्रो अवशर हुनेमा दुईमत छैन । तर फेसबुकमा सुचना जारी गरेर २५ लाखको भौचर हाल्न अभ्यस्त बनेको नगरपालिकालाई यी सब सोच्ने फुर्सद कहिले आउला र ????
कनकाई धार्मिक मेलामा धार्मिक र सास्कृतिक प्रदर्शनी हुनुपर्ने हो । सबै जातजातिहरुले आफ्नो कला प्रदर्शनीको लागि आफ्नो उत्पादनको प्रचारका लागि राम्रो थलोका रुपमा विकसित हुनुपर्ने हो । तर मेलाको जम्मा जम्मी आधाभाग जाडरक्सी र आधाभाग पिङ लगायातका खेल तमासाहरुले भरिने गरेको छ । जो कोही भक्तजन मेला नपुग्दै पाकिङका नाममा लुटिने गरेको छ भने अमिलो मन बनाएर मेला छिरेको जो कोही भक्तजनले मेलामा छिरेर टर्रो मादक पदार्थ सेवन गरेर घर पुगेर कनकाई नगरपालिकाका वारेमा राम्रो कमेन्ट फेसबुकमा गरोस भनेर हामीले कसरी कल्पना गर्ने यसकारण पनि हामी हरेक बर्ष माईवेनी मेलाको नाममा नाम कम र बदनाम बढी पाइरहेका छौ ।