Kanakai Online

२ बर्षिय नानी लिएर दौपति हराइन, परिवारमा चिन्ता


सोमवार, माघ १, २०८० |

कनकाई अनलाईन
झापा शिवसताक्षी नगरपालिका ५ भेलामनीकी २६ बर्षिय दौपति ताजपुरिया गत पुस २६ गतेदेखि वेपत्ता बन्नुभएको छ ।
सानो २ बर्षिय छोरा रोहन ताजपुरिया सहित वेपत्ता बन्नुभएकी उहाँ हालसम्मपनि फेला नपर्नुभएपछि पहिवारका सदस्यहरु चिन्तित हुनुभएको छ ।

घरबाट २६ गते बिहिबार बिहान १० बजे माईत जान्छु भनेर घरबाट निस्कनुभएकी ताजपुरिया हालसम्म पनि कही कतै सम्पर्कमा नआएपछि परिवार चिन्तित बनेको उहाँका ससुरा भानुदेव ताजपुरियाले बताउँनुभयो । कालो ज्याकेट र कुर्था सुरुवाल र झम्परजस्तो स्वीटर लगाएर घरबाट हिडनुभएकी दौपति ताजपुरिया हालसम्म कही कतैपनि सम्पर्कमा नआएपछि माईती पक्ष समेत लागेर हालसम्म खोजी कार्य जारी रहेको समेत ससुरा भानुदेवले बताउँनुभयो । छोरा समेत रोजगारीका लागि वैदेशिक रोजगारीमा रहनुभएको बताउँदै कहिकतै आफ्नी बुहारीलाई कसैले देखेको खण्डमा नजिक्कैको प्रहरी कार्यालय, शिवसताक्षी नगरपालिका ५ नम्बर वार्ड कार्यालय वा आफ्नो मोवाईल नम्बर ९८१५९७६७६८ मा सम्पर्क गरिदिनुहुन अनुरोध गर्नुभएको छ । ५ फुट उचाईकी गहुगोरो बर्णकी रहनुभएकी दौपती छोरो समेत गहुगोरै बर्णको रहेको ससुरा बुबा भानुदेवले बताृउँनुभयो । आफ्नी बुहारी हराएपछि उहाँले हुलिया सहित उजुरी प्रहरी कार्यालय र शिवसताक्षी नगरपालिका ५ मा समेत हाल्नुभएको छ ।

सम्बन्धित खबर