Kanakai Online

वढदो सवारी दुर्घटनाको पिडा


सोमवार, माघ १, २०८० |

सम्पादकिय
कनकाई नगरपालिकाका सामाजिक व्याक्तित्व रघुनाथ भट्टराईको सवारी दुर्घटनामा परि निधन भएको छ । उनको निधन मात्रैले सिंगो गाउँ शोकमा परेको छ । घट्टराई दुर्घटना परेको दिनमात्रै देशभर दुई दर्जन बढी व्याक्तिले देशभरबाट सवारी दुर्घटनामा परि ज्यान गुमाएका छन ।

सवारी दुर्घटनाको पिडा पिडित परिवार, गाउँ मात्रै नभएर सिंगो देशले अहिले भोगिरहनुपरेको छ । सवारी दुर्घटनाबाट यसको मानविय तथा भौतिक क्षतिको यस डरलाग्दो अवस्थालाई हामीले नजरअन्दाज गरौ भने देशको परिस्थितिनै अर्कै बन्ने देखिदैछ । एक देशको होनहार सामाजिक व्याक्तित्व मात्रै गुमिरहेको छैन, सवारी दुर्घटनाका कारण समाजमा मनोरोगीहरुको समेत सङ्ख्या बढिरहेको छ । पारिवारीक विचलन देखि लिएर समाजको परिवर्तनको क्षेत्रमा समेत व्यवधान खडा भइरहेको छ ।
यसलाई रोक्नका लागि सवारी साधन र सवारी आचरसंहिता बनाएर मात्रै पुग्दैन यसवारेमा व्यापक सचेतना र विद्यालय स्तरबाटै यसको वारेमा पाठ्यक्रम बनाएर लागुगर्नुपर्ने आवश्यकता छ । स्थानीय सरकारले समेत यसको सचेतना र आवश्यकिय पुर्वाधार बनाउनका लागि वडास्तरबाटै सचेतना गर्नुपर्ने स्थानीय संघ संस्थागत समन्वयका लागि कार्यक्रम र बजेट निवियोजन गर्ने, स्थानीय र प्रादेशिक सरकारबाट समेत सवारी दुर्घटना न्युनिकरणका लागि समेत विद्यालय स्तरमै पाठ्यक्रमको निर्माण गर्नेदेखि लिएर हरेक बर्ष परिमार्जन समेत गर्नुपर्ने आवश्यकता रहेको छ । मादक पदार्थ सेवन गरेर सवारी चलाउनेदेखि लिएर युवा बर्गले ओभर स्पीड सवारी चलाउने , सवारी साधनको आवश्यकिय कागजात साथमा नराख्ने, सवारीको कर, बिमा लगायातका कागजातहरु समय समयमा नविकरण नगरिदिनाले समेत सानो गल्तीको ठुलो सजायको भागिदार हुनुपरिरहेको अवस्था रहेको छ ।

यसलाई रोक्न र पिडाबाट देश समाजलाई बाहिर ल्याउन पनि सचेत नागरिक समाज, .स्थानीयदेखि तीनै तहका सरकारहरु गम्भिर र जिम्बेवार हुनु ढिला गर्नुहुन । सवारी दुर्घटनाबाट आफुपनि बचौ र समाज र देशलाई दुर्घटना हुनबाट रोकौ ।

सम्बन्धित खबर