Kanakai Online

यसबर्षमा दशककै ठुलो माईवेनी मेला लाग्दै


शनिवार, पौष २८, २०८० |

कनकाई अनलाईन
परम्परागत रुपमा कनकाई माईको दुबै किनारामा लाग्दै आएको चर्चित धार्मिक माईवेनी मेलाको तयारी पुरा भएको छ ।
शनिवार कनकाई माई कोटीहोम क्षेत्रमा पत्रकार सम्मेलनको आयोजना गरि धार्मिक मेलाको तयारी पूरा भएको आयोजक कनकाई माईवेनी मेला आयोजक समितिका अध्यक्ष पुर्ण लिम्बुले बताउँनुभयो ।

मेलालाई भव्य र सभ्य बनाउन लिम्बुको संयोजकत्वमा ४०१ सदस्यीय मुल मेला स्वयमसेवक समिति र संयोजक बाबु लिम्बु रहेको समिति समेत गठन गरिसकिएको मेला मुल आयोजक समितिका सल्लाहकार तथा ठेकेदार श्याम राईले बताउँनुभयो ।

मेला भर्न नेपाल तथा भारत भुटानबाट समेत भक्तजनहरु आउने र यसका लागि सबै तयारी पुरा भएको मेला आयोजक समितिले पत्रकार सम्मेलनको आयोजना .गरि जानकारी गराएको छ । मेला समितिका संयोजक बाबु लिम्बुले मेला स्थलमा दर्जनौ खेल तमासा र मनोरञ्ननात्मक खेल तमासाहरु मेला स्थलमा उपलब्ध हुने छन भने मेला भर्नका लागि आउँने भक्तजनको सुरक्षालाई ध्यानमा राखेर सशस्त्र, जनपद प्रहरी र स्वयम सेवकले समेत सुरक्षा दिनेछन भने मकर स्नान गर्न आउने भक्तजनको समेत सुविधालाई ध्यानमा राखेर सुरुङ्गा बजार र कनकाई माई वरपरको स्थानमा समेत आगो बालेर तातोको व्यावस्थापन गरिएको छ ।
मेला समितिका ठेकेदार श्याम राईले मेलाको तयारी पुरा भइसकेको भन्दै यसबर्ष मेलामा २ लाख बढी भक्तजनले मकर मेला भर्न र मकर स्नान गर्न आउने विश्वास लिएको बताउँनुभयो । मेलाको औपचारिक उदघाटन पुस २९ गते १० बजे हुने र मेला माघ २ गतेसम्म चल्ने समेत राईले बताउँनुभयो ।

मकर संग्रान्तिको दिन कनकाई नगरपालिका लगायातका पालिकाहरुमा मेला भर्नका लागि सार्वजनिक विदा दिइएको छ भने मकर संग्रान्तिको दिन कनकाई माईमा मकर स्नान गरेर तिलको आगो तापी तिलको लडडु तिलको मिठाई खानाले मनोकामना पुरा हुने, पापबाट मोक्षा प्राप्ति हुने तथा पारिवारीक सुखभोग र छालाको रोगहरु समेत निकोहुने जनविश्वास रहिआएको छ । मकर संग्रान्तिको दिन माघ १ र २ गते कनकाई माईको किनार कोटीहवन र माईधारमा देशकै ठुलो मकर मेला माईवेनी मेला लाग्दै आएको छ ।

सम्बन्धित खबर