Kanakai Online

सडक दुर्घटनामा परि सामाजिक व्याक्तित्व रघुनाथ भट्टराईको मृत्यु


शनिवार, पौष २८, २०८० |

कनकाई अनलाईन
कनकाई नगरपालिका ३ सुरुङ्गा बजारका पुराना व्यक्तित्व तथा समाजसेवी रघुनाथ भट्टराईको सवारी दुर्घटनामा परि आज दिउसो निधन भएको छ । ७० बर्षिय भट्टराईको आज दिउसो भएको सवारी दुर्घटनामा परि निधन भएको हो । भट्टराई जेष्ठ नागरिक कनकाई नगरको वडानम्बर ३ को अध्यक्ष लगायात धेरै संघ संस्थामा आवद्ध रहनुभएको थियो भने भट्टराई बन्धु समाज, नेकपा एमाले लगायातको विभिन्न जिम्बेवारीमा समेत रहनुभएको थियो ।


झापाको कमल गाउँपालिका ४ स्थित केर्खामा शनिवार दिउसो ३ः ५५ बजेको समयमा तीनवटा मोटरसाईकल र स्कुटी एकआपसमा जुध्दा १ जनाको घटनास्थलमै मृत्यु भएको छ भने थप २ जना घाईते हुनुभएको छ ।
कमल ४ स्थित केर्खामा पश्तिमबाट पुर्वतर्फ गई बाटो काटदै गरेको मे ६ प ३१५२ नम्बरको मोटरसाईकललाई सोही दिशाबाट जादै गरेको प्रदेश १ —०१—०१६ प ८९९२ नम्बरको मोटरसाईकलले ठक्कर दिएको थियो । सोही समयमा प्रदेश १—०१—०१६प ७१४० नम्बरको स्कुटीसमेत आई ठक्कर खादा प्रदेश १—०१—०१६प —८९९२ नम्बरको मोटरसाईकलको पछाडि सवार झापा कनकाई नगरपालिका ३ बस्ने ७० बर्षिय रघुनाथ भट्टराईको उपचारका लागि दमकस्थित लाईफलाईन अस्पताल लैजानेक्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । दुर्घटनामा परि सोही मोटरसाईकल चालक कनकाई नगरपालिका ५ का ५३ बर्षिय चन्द्रप्रसाद भट्टराई सामान्य घाईते बनेको तथा अर्को मे ६ प ३१५२ नम्बरको मोटरसाईकल चालक कमल गाउँपालिका ३ निवासी ५५ बर्षिय देवप्रसाद बजगाई घाईते भई थप उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भईरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटनामा परेका सबै मोटरसाईकलहरु हाल प्रहरी चौकी केर्खामा राखिएको समेत जनाइएको छ ।
फोटो ः मृतक रघुनाथ भट्टराई

सम्बन्धित खबर