Kanakai Online

लागुऔषध दुर्व्यसन सम्बन्धिसचेतना कार्यक्रम हरिकुलमा


शुक्रवार, पौष २७, २०८० |

कनकाई अनलाईन
लायन्स क्लब अफ कनकाई सुरुङ्गाको आयोजनामा लागुऔषध दुर्व्यसन सम्बन्धि सप्ताहाव्यापी विध्यार्थी लक्ष्यित सचेतना मुलक कार्यक्रम यतिबेला जारी छ।

समाज रुपान्तरणको मुख्य भुमिकामा रहेका युवावर्ग लागूपदार्थ दुर्व्यसनको शिकार बनिरहेको बेला यसको न्युनिकरण गर्नमा लायन्स क्लबले चासो देखाउदै बिद्यालय स्तरबाट सचेतना मुलक कार्यक्रम गरेको हो ।

गत पुस २२ गतेबाट कनकाई २ मा रहेको सरस्वती माध्यमिक विध्यालयबाट सुरु गरेको कार्यक्रम कनकाई ७ मा रहेकोे भृकुटि मावि , कनकाई ३ मा रहेकोे कनकाई मा वि , कनकाई ५ मा रहेको भगवती प्रा वि , कनकाई ६ मा रहेको चम्फापुर मा।वि। र आज कनकाई ३ मा रहेको हरिकुल नमुना विध्यालयमा अध्ययनरत विद्यार्थीलाई सहभागी गराई लागू औषध दुर्व्यसन के हो रु यसवाट स्वास्थ्यमा र समाजका कस्तो असर पर्छ , अमली भईसकेपछिको अवस्था कस्तो हुन्छ रु जस्ता विषयमा बिद्यार्थीहरुमा ईलाका प्रहरी कार्यलय सुरुङ्गाका बरिस्ठ प्रहरी नायव निरिक्षक प्रविन कुमार भट्टराईले प्रशिक्षण दिनु भएको लायन्स क्लब अफ कनकाई सुरुङ्गाका अध्यक्ष सन्जय गजुरेलले जानकारी दिनुभयो ।

कार्यक्रममा मन्तव्य राख्दै हरिकुल नमुना विद्यालयका प्रिन्सिपल रोशन खत्रीले भोलिका दिनमा देश र समाजको नेतृत्व गर्ने जनशक्ति आजका बिद्यार्थीहरुनै भएकोले यस प्रशिक्षणबाट पाएको ज्ञानलाई ब्यवहारमा उतारेर नेतृत्वदायी भुमिकामा सफल नागरिक बन्न सक्नुहोस भनी सहभागी विध्यार्थीहरुलाई शुभकामना दिनुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै विध्यालयका व्यवस्थापक साजन थापाले विध्यालयले अतिरिक्त क्रियाकलाप अन्तर्गत समय (समयमा यस्ता कार्यक्रमहरु सन्चालन गर्ने गरेको बताउदै आजको कार्यक्रमले थप सजक बनाएको स्पष्ट पार्नुभयो।

कार्यक्रममा विध्यालयकी प्रबन्ध निर्देशक ग्रीशा रावल थापाले लागु औषध , दुर्व्यसनीले देशमै विकराल रुप लिईरहेको अबस्थामा यसको न्युुनिकरणका लागि बिद्यालय स्तरमा यस किसीमको कार्यक्रम ल्याएकोमा धन्यवाद दिदै कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

लायन्स कलव अफ कनकाई सुरुङ्गाका अध्यक्ष सन्जय गजुरेलको अध्यक्षतामा भएको कार्यक्रममा

लायन्स क्लब अफ कनकाई सुरुङ्गाका पुर्व अध्यक्ष साजन थापा, लाईन सन्जिवबाबू प्रसाईं ,नेपाल पत्रकार महासघ कोशी प्रदेश कार्यसमिति सदस्य लिलाराज झापाली , शिक्षक( शिक्षिका , अविभावक, विद्यार्थी , सुरक्षाकर्मी लगायतको उपस्थित रहेको थियो ।

लायन्स क्लव अफ कनकाई सुरुङ्गाका अध्यक्ष सन्जय गजुरेलले स्वागत तथा औचित्य माथी प्रकाश पारेको कार्यक्रम सन्चालन लायन्स क्लव अफ कनकाई सुरुङ्गाका सचिव पंकज खड्काले गर्नु भएको थियोे ।
२०५१ सालमा थोरै बिद्यार्थीबाट अध्यापन शुरु गरेको हरिकुल नमुना बिद्यालयमा हाल १ हजार ५० बढी बिद्यार्थी ५० बढी शिक्षक शिक्षिका ३० जना भन्दा धेरै अन्य कर्मचारीहरुका साथमा शिक्षण सिकाइ गरिरहेको विद्यालयका प्रिन्सिपल रोशन खत्रीले जानकारी दिनुभयो ।

विद्यालयमा अतिरिक्त क्रियाकलाप अन्तर्गत विभिन्न समयमा विद्यालय स्तरीय भएका प्रतियोगिताहरूमा दर्जनभन्दा धेरै प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भएको विद्यालयका व्यवस्थापक राजु थापाले बताउनुभयो ।

विद्यालयले पढाईका साथसाथै हरेक शुक्रबार ईसिए अन्तर्गत विद्यार्थीको रोजाइ अनुसारको सिकाइ सिकाउने गरेको विद्यालयका प्रिन्सिपल खत्रीको भनाई छ ।

अबको शिक्षा व्यावहारिक, सीपमुलक र आयआर्जनमुलक हुनुपर्ने भएकाले यस प्रकारको शिक्षण सिकाइ क्रियाकलाप हुने वातावरण विद्यालय, शिक्षक र अभिभावकले सिर्जना गर्नुपर्ने विद्यालयका सञ्चालक साजन थापाले बताउनुभयो ।

विशेष गरेर विद्यालयले पढाई सँगसँगै बाहिरी ज्ञानलाई पनि उतिकै प्राथमिकतामा राखेको र हरेक चाडपर्व मनाउने परम्परालाई पनि विद्यालयबाट नै सिकाउने गरेको शिक्षक सन्दीप मरासिनीले जानकारी दिनुभयो । आज पनि विद्यालयले माघे सग्रान्तिको अवसरमा तिलका लड्डु , सबै प्रकारका तरुल लगायत खुवाईएको थियोे ।

विद्यार्थीहरूले यस अघिपनि विभिन्न समयमा वृक्षा रोपन , विज्ञान प्रर्दशनी , विभिन्न स्थानको सरसफाइ ,डस्टबिन वितरण ,विभिन्न कार्यक्रममा विद्यार्थीको सहभागिता विभिन्न दिवस र सन्दर्भमा विद्यार्थीहरूलाई भूगोल, समाज, कला र संस्कृति लगायत कार्यक्रममा विद्यार्थीलाई सहभागी गराउने गरेको प्रबन्ध निर्देशक थापाले जानकारी दिनुभयो ।

सम्बन्धित खबर