Kanakai Online

शिवसताक्षीको . ८ मा मृतकका परिवारलाई राहत, किसानलाई कृषि सामाग्री


शुक्रवार, पौष २७, २०८० |

कनकाई अनलाईन
शिवसताक्षी नगरपालिका वडा नं. ८ ले वडाका किसानलाई कृषि सामाग्री र घरको सदस्य मृत्यु भएका विपन्न परिवारलाई राहत वितरण गरेको छ ।
वडाले एक कार्यक्रम गर्दै वडाका २६ जना किसानलाई मकै रोप्ने मेसिन र २६ जना किसानलाई स्प्रे ट्याकी र १७ विपन्न परिवारलाई मृत्यु राहत वितरण गरिएको वडा सचिव पुष्पलाल पाण्डेले जानकारी दिए । वडाका १७ विपन्न परिवारलाई नगद ५ हजारका दरले राहत वितरण गरिएको हो ।
उनीहरुलाई नगरप्रमुख मेगाहाङ्ग थोप्रा र वडाध्यक्ष सन्त फेउदिनले वितरण गरेका थिए ।
सामाग्री वितरणका क्रममा बोल्दै नगरप्रमुख थोप्राले वडाले किसान लक्षित कार्यक्रम गरेर यहँका कृषक पेशालाई मुख्य पेशा अबलम्न गर्ने नागरिक र विपन्न समुदायका मृतकका परिवार राहत वितरण गरेर वडाले सहरानीय काम गरेको बताए । हामी निर्वाचित जनप्रतिनिधिहरु निकै अप्ठ्यारो परिस्थितिमा रहेका छन् । उनले भने, राज्यको आर्थिक स्रोतहरु खुम्चिदै गएकाले जति दिनु पर्ने सेवा सुविधाहरु नगरबासीलाई दिन सकिएको छैन । नगरले बनाएका संरचनाहरु पनि आर्थिक मन्दीका कारणले भाडामा नलागेको उनले सुनाए ।
कार्यक्रममा वडाध्यक्ष सन्त फेउदिनले नागरिकसँग प्रत्यक्ष जोडिएर उहाँहरुको दुःखलाई पनि आफुलाई बाँड्ने र मलमपटी लगाउन वडाले मृत्यु राहत कोष खडागरी वितरण गरिएको जानकारी दिए । विपन्न परिवारका सदस्यहरु मृत्यु हुँदा मृत्यु संस्कार गर्न पनि कठिनाई पर्छ । उनले भने, त्यस बेला वडाले थोरै भएपनि दुःखमा साथ दिने गरेको छ ।
उनले वडाका किसानलाई कृषि उत्पादन बृद्धिका लागि पनि कृषि सामाग्री वितरण गरेको जानकारी दिए । वडाले श्रावण महिना यता मृत्यु भएका विपन्नका परिवारलाई छनोट गरी राहत वितरण गरेको जनाएको छ ।
कार्यक्रममा वडासदस्य विवेक दोर्जे थिंङले स्वागत गरेका थिए भने वडाका कर्मचारी कुमारसिं साँवाले कार्यक्रमको सञ्चालन गरेका थिए ।

सम्बन्धित खबर