Kanakai Online

युवा व्यावसायी चन्द्र अधिकारीद्धारा कनकाई ४ का विपन्न परिवालाई ओढ्ने बितरण


बुधवार, पौष २५, २०८० |

कनकाई अनलाईन
झापा कनकाई नगरपालिका ४ का युवा व्यावसायी चन्द्रप्रसाद अधिकारीले आफ्नो वार्डका ४० जना असाय असक्त तथा कमजोर आर्थिक अवस्थाका परिवारलाई न्यानो ओढ्ने कपडा प्रदान गर्नुभएको छ ।


आफु समेत केहि बर्ष पहिलेसम्म कमजोर आर्थिक अवस्थामा रहदा जाडोमा पर्याप्त कपडा ओढ्न नपाएको भन्दै आफुले कमाएको रकमबाट ४० परिवारलाई जाडोको कपडा प्रदान गरेको बताउँन्भयो । कनकाई नगरपालिका ४ को वार्ड कार्यालयको समन्वयमा अधिकारीले जाडोको
कपडा बितरण गर्नुभएको हो ।

विशेष कार्यक्रमका विच कनकाई नगरपालिकाकी उपप्रमुख तथा दाता अधिकारीका शिक्षिका समेत रहनुभएकी आशाशर्मा शिवाकोटी, दाता चन्द्र अधिकारी उहाँका पिता जदुनिधि अधिकारी, आमा प्रेमकुमारी अधिकारी, कनकाई ४ का वडाध्यक्ष रोषन सुवेदीले कपडा बितरण गर्नुभयो । कार्यक्रममा बोल्दै कनकाई नगरपालिकाकी उपप्रमुख शिवाकोटीले नगरपालिकाले समेत हरेक वार्डमा २० जनाको दरले न्यानो कपडा बितरण गर्ने गरेको भएपनि सो पर्याप्त नभएको भन्दै अन्य दाताहरुलाई समेत जन्मदिन लगायातको अवशरमा यस प्रकारको कार्य गरिदिन आव्हान गर्नुभयो ।

रोजगारीका लागि स्वदेश तथा विदेशमा समेत रहेर काम गरिसक्नुभएका चन्द्र अधिकारीले आफुले कमाइगरेको अंशबाट थोरै भएपनि कटाएर गरिब तथा दिनदुखीहरुको सेवामा लगाएर सेवाको उच्चतम कार्यमा जुटेको भन्दै शिवाकोटीले धन्यावाद प्रदान गर्नुभएको थियो । मानिसले कमाइगरेर मात्रै हुदैन उसमा असल सस्कार छैन भने धन सम्पत्तिको केहि काम हुदैन भन्दै अधिकारीको सतकार्यबाट ४० परिवार न्यानोमा सुत्न पाएको भन्दै नगरउपप्रमुख शिवाकोटीले खुसी व्यक्त गर्नुभयो ।


कार्यक्रममा बोल्दै कनकाई नगरपालिका ४ का वडाध्यक्ष रोषन सुवेदीले आफ्नै वार्डबाट प्रगति गरेर आफ्नै वार्डमा असक्त असाहयलाई जाडोको समयमा न्यानो ओढ्ने कपडा बितरण गरेको भन्दै चन्द्र अधिकारीलाई धन्यावाद प्रदान गर्दै अधिकारीले हिजोको आफ्नो इतिहासलाई सम्झेर पहिले आफुले पहिले जसरी आर्थिक अभावमा रहदा चाहदा पनि राम्रोसग लुगा ओढ्न नपाएको अवस्थालाई लिएर अहिले आफुभन्दा तल्लो अवस्थाका गरिब परिवारका लागि केहि सहयोग गरेको भन्दै खुसी व्यक्त गर्नुभएको छ । धर्म प्राप्तका लागि पुराण लगाउँनुभन्दा जिउदा देवता समान असक्त असाहयहरुमा सहयोग गर्दा वास्तविक समाज सेवा हुुने वडाध्यक्ष सुवेदीको भनाई थियो । यता कनकाई नगरपालिका ४ नम्बर वार्डका ४० परिवारलाई न्यानो ओढ्ने कपडा बितरण गरेपछि आफुले आफ्ना बिरामी पिताले अगाडि गरेको सत्कर्मलाई लिएर असक्त परिवारमा सहयोग गरेको स्वीट्स होम डेकेरेशन प्रालिका सञ्चालक समेत चन्द्र अधिकारीले बताउँनुभयो ।
वैदेशिक रोजगारीमा ७ बर्षसम्म युएईमा काम गरेर सोहि सीपलाई प्रयोग गर्दै अधिकारीले स्थानीय क्षेत्रमा समेत उद्योग सञ्चालन गर्दै आइरहनुभएको छ ।
जाडोको बेलामा न्यानो ओढ्ने कपडा बितरण कार्र्यक्रममा अधिकारीकी बहिनी तुलसा अधिकारी निरौला, ज्वाई खगेन्द्र निरौला, नेपाल पत्रकार महासंघ कोशी प्रदेश समिति सदस्य लीलाराज झापाली, कनकाई नगरपालिका ४ का वडासदस्य मोहन संग्रौला, शेसप्रसाद प्रसाई, मन्दिरा विक, समाजसेवी घनश्याम पौडेल, जेष्ठ नागरिक मञ्च ३ नम्बर वार्डका अध्यक्ष डिल्ली पाठक, युवा व्यावसायी रोषन श्रेष्ठ, शंकर भट्टराई लगायातको आतिथ्यता रहेको थियो । जाडाृेमा न्यानो कपडा पाएसगै आफुहरुले साक्षात भगवानको रुप दाता परिवारमा देखेको भन्दै कपडा लिएसगै न्यानो कपडा प्रदान गरेकोमा अधिकारी परिवारलाई धन्यावाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रम कनकाई नगरपालिका ४ नम्बर वार्ड कार्यालयस्थित जेष्ठ नागरिक भवनमा गरिएको थियो ।

सम्बन्धित खबर