Kanakai Online

लायन्स क्लव कनकाई सुरुङ्गाको लागुऔषध र साईबर क्राइम तालिम


सोमवार, पौष २३, २०८० |

कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका स्थित लायन्स क्लव अफ कनकाई सुरुङ्गाको आयोजनामा लागुऔषध साईबर क्राइम तथा ट्राफिक जनचेतना कार्यक्रम आयोजना गरेको छ ।
कनकाई माध्यमिक विद्यालय सुरुङ्गाका कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरुका लागि आज एकदिने लागुऔषध सम्बन्धि सचेतना कार्यक्रमको आयोजना गरिएको छ । इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख बरिष्ठ प्रहरी नायव निरिक्षक प्रविण भट्टराईले कनकाई माविका विद्यार्थीहरुलाई लागुऔषध भनेको केहो ? कसरी मानिसहरु यसको लतमा पर्छन र यसको सेवन र विक्री वितरण ओसारप्रसारमा लाग्दा के कस्तो दण्ड सजाय छ लगायातका विषयमा प्रशिक्षण प्रदान गर्नुभयो । एक साताभर यस प्रकारको कार्यक्रमहरु कनकाई नगरपालिकाका अन्य विद्यालयहरुमा समेत आयोजना गरिएको लायन्स क्लव अफ कनकाई सुरुङ्गाका अध्यक्ष सन्जय गजुरेलले बताउँनुभयो ।
कार्यक्रममा लायन्स क्लव अफ कनकाई सुरुङ्गाका संस्थापक अध्यक्ष लीलाप्रसाद चिमरियाको प्रमुख आतिथ्यता तथा कनकाई माविका प्रअ कर्णबहादुर डाँगी, लायन्सका पुर्वअध्यक्ष साजन थापा, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका कार्यसमिति सदस्य लीलाराज झापाली, कनकाई प्रेस क्लवका कोषाध्यक्ष सिएम शर्मा, लियो क्लव अफ कनकाईका अध्यक्ष रमण चौधरी लगायातको आतिथ्यता रहेको थियो । कार्यक्रम लायन्स क्लव अफ कनकाईका सचिव पंकज खड्काले सञ्चालन गर्नुभएको थियो । तालिम लायन्स क्लवका अध्यक्ष सन्जय गजुरेलको सभापतित्वमा सम्पन्न भएको थियो ।

सम्बन्धित खबर