Kanakai Online

चारआली चौकमा दुर्घटना ३ जना घाईते


सोमवार, पौष २३, २०८० |

कनकाई अनलाईन
अहिले बेलुकी ५ बजे झापाको कनकाई नगरपालिका –३ चारआली चौकमा मोटरसाइकल दुर्घटनामा परि तीनजना बालक घाईते भएका छन ।

आज बेलुका ५ बजे भएको दुर्घटनामा स्थानीय सुसन थापा, सोहन बिक र राजु लुँइटेल घाईते भएका हुन ।को ३९ प ३५२८ मोटरसाइकल दुर्घटनामा चालक सुसन थापा र साथमा सवार रहेका सोहन थापाको बिर्तामोड स्थित विर्ता सिटी अस्पतालमा उपचार भइरहेको छ भने अर्का घाइते राजु लुईटेलको कनकाई हस्पिटलमा उपचार भइरहेको पारिवारिक श्रोतले जनाएको छ ।

उनीहरुको स्वास्थ्य अवस्था खतरा मुक्त रहेको चिकित्सकले जनाएका छन् ।दुर्घटनामा घाइते हुनेहरू तीनैजना नाबालक रहेका छन् ।दुर्घटनामा मोटरसाइकल पूर्ण क्षति भएको छ ।

सडक किनारमा रहेको फलामको पोलमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको स्थानीय प्रत्यक्षदर्शीको भनाइ छ । तीब्र गतिमा सुरुंगाबाट दक्षिण तर्फ लागेको मोटरसाइकल सुरुंगाका साउण्ड व्यवसायी दिपेश तिवारीको रहेको बताईएको छ ।

सम्बन्धित खबर