Kanakai Online

कनकाई लायन्स क्लवले बाढ्यो विद्यार्थीलाई न्यानो कपडा


बिहिवार, पौष १९, २०८० |

कनकाई अनलाईन
लायन्स क्लव अफ कनकाई सुरुङ्गाले यहाँस्थित कनकाई वालशिक्षा केन्द्र कनकाई ४ कोटीहवनमा रहेका वालवालिकाहरुलाई न्यानो कपडा प्रदान गरेको छ ।


गरिब अतिविपन्न परिवारका वालवालिकाहरु अध्यान गर्दै आएका उक्त विद्यालयमा अध्यायनरत् ५८ जना वालवालिकाहरुलाई लायन्स क्लवका तर्फबाट लगिएको न्यानो कपडा ट्राक सुट प्रदान गरिएको लायन्स क्लव अफ कनकाईका अध्यक्ष सन्जय गजुरेलले बताउँनुभयो ।


कम आय भएका र प्राय सबै अभिभावहरु खोलामा गिटी बालुवा चालेर परिवारको खर्च जुटाउँदै आउनुभएकोले जाडोको समयमा स्कुलमा विद्यार्थी स्कुल समेत आउन छाडेको थाहा भएपछि आफुहरुले अध्यानमा सहयोग पुगोस भनेर वालवालिकालाई जाडोको कपडा प्रदान गरेको लायन्स क्लव कनकाई सुरुङ्गाका संस्थापक अध्यक्ष लीलाप्रसाद चिमरियाले बताउँनुभयो । जाडोमा स्कुलका विद्यार्थीहरुले न्यानो कपडा पाएपछि कम्तीमा अध्यान अध्यापन कार्यमा सहज हुने चिमरियाले बताउँनुभयो ।

लायन्सको कार्यनै सेवा गर्ने भएकोले झापाका अन्य पालिकाहरुमा र विशेष गरि कनकाई नगरपालिका र झापा गाउँपालिका क्षेत्रमा जाडोको समयमा बच्चा र कमजोर आय भएका अभिभावकहरुलाई समेत जाडोमा न्यानोको कपडा प्रदान लायन्सले गर्न लागिरहेको चिमरियाले बताउँनुभयो । कार्यक्रममा बोल्दै कनकाई बालशिक्षा केन्द्रका व्यावस्थापन समिति सदस्य धुब्र फुयाँल, लायन्सका पुर्व अध्यक्ष रुपनारायण खतिवडा, मनोज बस्नेत, साजन थापा, लियो क्लव अफ कनकाई सुरुङ्गाका अध्यक्ष रमण चौधरी लगायातले लायन्सले समस्या पर्दा सहयोगको अभियानलाई निरन्तता दिदै जाने बताउँनुभयो ।
विद्यालयमा लायन्सले न्यानो कपडा प्रदान गरेसगै आगामी दिनमा विद्यार्थी विद्यालयमा नियमित आउने विश्वास लिएको विद्यालयकी प्रअ मिना बस्नेतले बताउँनुभयो । कार्यक्रम लायन्स क्लव अफ कनकाई सुरुङ्गाका सचिव पंकज खड्काको सञ्चालनमा सम्पन्न भएको थियो ।

सम्बन्धित खबर