Kanakai Online

आगलागि पिडितलाई सिम्रिकको राहत


बिहिवार, पौष १९, २०८० |

कनकाई अनलाईन
एक साता अगाडि कुखुरा फार्ममा आगलागि भएर सर्वस्व गुमेका कनकाई नगरपालिका ५ तुलसीवारीका कृषक गोपाल पराजुलीलाई सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत सिम्रिक बचत तथा ऋण सहकारी संस्था सुरुङ्गाले आर्थिक सहयाता गरेको छ ।
सिम्रिक बचत तथा ऋण सहकारी संस्था बिर्तामोडको सेवाकेन्द्र सुरूंगा अन्तर्गत शेयर सदस्य रहेर कारोवार गर्दै आउनुभएका कनकाई नगरपालिका ५ तुलसीवारीका व्यावसायी गोपाल परजुलीले फार्म लिजमा लिएर संचालन गर्दै आउँनुभएको थियो । पराजुलीको कुखुरा फार्ममा गत पुस ४ गते रातीको समयमा आगलागि भएर फार्ममा रहेका १ हजार बोइलर कुखुरा जलेर नष्ट्र हुनुको साथै फार्मममा रहेको कुखुराको चारो र फार्म समेत जलेर नष्ट्र भएको थियो । रातीको समयमा आगलागी भई फार्म तथा फार्म संचालनका सम्पूर्ण सरसामान जलेर नष्ट्र भएकोले सहकारीका तर्फबाट सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत पराजुलीलाई नगद २० हजार रुपैँया सहयोग रकम प्रदान गरिएको हो । शेयर सदस्य पराजुलीलाई कनकाई नगरपालिकाका अध्यक्ष कृष्णबहादुर राई, वार्डसदस्य डिल्लीराम उप्रेती, सेवाकेन्द्र प्रमुख दिवस गजुरेल तथा शेयर सदस्यको उपस्थितिमा पराजुलीलाई उक्त सहयोग रकम प्रदान गरिएको हो । उक्त राहत बितरण कार्यक्रममा बोल्दै कनकाई नगरपालिका ५ का वडाध्यक्ष तथा नगरका प्रवक्ता राईले सिम्रिक सहकारीले पिडाका बेलामा शेयर सदस्यलाई थोरै भएपनि सहयोग गरेको भन्दै यस कार्यको प्रसंसा गर्नुभयो ।

सम्बन्धित खबर