Kanakai Online

अष्ट्रेलियामा रहेका रबिनले सुरुङ्गा कनकाई बालशिक्षामा मनाए जन्मदिन


मङ्गलवार, पौष १७, २०८० |

कनकाई अनलाईन
अष्टेलियामा रहनुभएका रबिन पौडेलले आफ्नो २८ औ बर्षको जन्मदिन कनकाई नगरपालिका ४ त्रिणेणी टोलमा रहेको कनकाई बालशिक्षा केन्द्रका बालवालिकासग आफ्नो २८ औ बर्षको जन्मदिन आज मंगलबार मनाउनुभएको छ ।


आफ्ना माता पिता सहित बालविकास केन्द्रमा पुग्नुभएका पौडेलले जन्मदिनमा गरिने फजुल खर्चलाई कटौटी गरेर वालशिक्षामा रहेका वालवालिकाहरुका लागि आवश्यक कापि, पेन्सिल लगायातका शैक्षिक सामाग्री प्रदान गर्नुभएको हो ।
कमजोर आर्थिक अवस्था भएका अभिभावकहरुले आफ्ना नानीहरुलाई अध्यापन गराउँदै आएको उक्त बालशिक्षाका वालवालिकाहरुका अधिकांस अभिभावकहरु नजिक्कै रहेको कनकाई माईको बगरमा गई बालुवा , गिटी चालेर आफ्नो गुजारा गर्दै आएको विद्यालयकी प्रअ मिना बस्नेतले बताउँनुभयो ।
रविन पौडेलका पिता कुलबहादुर पौडेलको सभापतित्व तथा हजुरबुबा टिकाराम भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा रविनकी माता यामकुमारी पौडेल, भाई रोहित पौडेल, बुहारी रुपशिक्षा, दाजु शंकर भट्टराई, बहिनी गायत्री लगायातको उपस्थिति रहेको रहेको थियो ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ कोशी प्रदेशका सदस्य समेत रहनुभएका पत्रकार लीलाराज झापालीले युवा पुस्ता पछिल्लो समय कुलतमा समेत पदै गएको अवस्थामा जन्मदिन जस्ता आफ्ना विशेष दिनहरु मनाउँदा यसरी अरुको भलाईको काम गरेर मनाइदिदा देशको गरिबी हटाउन र वालवालिकाहरुको शिक्षा स्वास्थ्यमा समेत मद्धत मिल्ने बताउँनुभयो । कार्यक्रममा युवा समाजसेवी तथा व्यावसायी चन्द्र अधिकारी, रोषन श्रेष्ठ लगायातले समेत जन्मदिन मनाउँदा अरुले समेत यस कर्मबाट केहि कुरा सिक्न अनुरोध गर्नुभयो । यसैविच कनकाई वालशिक्षा केन्द्रका वालवालिकाहरुले समेत टिका र फुल प्रदान गर्दै रविनको जन्मदिनको अवशरमा शुभकामना दिएका थिए । रविनले समेत वालविकासका लागि आगामी दिनमा नेपाल भ्रमणका लागि आउँदा केहि न केहि सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

सम्बन्धित खबर