कनकाई अनलाईन
लायन्स क्लव अफ कनकाई दुर्गापुरको आयोजना झापाको कनकाई नगरपालिका १ दुर्गापुर स्थित ग्लोरी मन्टेश्वरी स्कुलमा भएको निशुल्क एक दिवशीय आँखा शिविरमा २६२ जनाको निशुल्क आँखा जाँच गरिएको छ । भने विरामीलाई निशुल्क औषधि र चश्मा समेत बितरण गरिएको छ ।
सोमवार मेची आँखा अस्पतालको प्राविधिक सहयोगमा भएको आँखा शिविरमा १० जनाको मोतियाबिन्दुको शल्यक्रियाका लागि मेची आँखा अस्पताल बिर्तामोड पठाइएको र ३६ जना आँखाका बिरामीलाई निशुल्क चश्मा दिइएको र यसमा २६२ जना आँखाका बिरामीको निशुल्क आँखा जाँच गरिएको लायन्स क्लव अफ दुर्गापुरकी खगमाया चापागाईले बताउँनुभयो । आखा शिविरमा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, उपप्रमुख आशाशर्मा शिवाकोटी, लायन्स क्लव अफ कनकाईका संस्थापक अध्यक्ष लीला चिमरिया, कनकाई नगरपालिका १ का वडासदस्य दलबहादुर थापा लगायातले आँखा जस्तो अतिसंवेदनशील क्षेत्रमा काम गरेकोमा लायन्स र मेची अस्पताललाई धन्यावाद दिदै नगरपालिकाले समेत आगामी दिनमा समन्वय गरेर नगरलाई आँखाको रोग मुक्त बनाउने अभियान थाल्ने प्रतिवद्धता जनाउँनुभयो । कार्यक्रममा बोल्दै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले लायन्स र मेची आखाँ अस्पताल बिर्तामोडको आँखा रोग विरुद्धको अभियानले गर्दा लाखौ लाख आँखाका रोगीहरुले संसार देख्न पाएको भन्दै यस अभियानलाई मद्धत गरेको भन्दै मेची आँखा अस्पताल परिवारलाई सम्मान समेत गन्र््ुभयो । कार्यक्रममा बोल्दै कनकाई नगरपालिकाकी उपप्रमुख आशा शर्मा शिवाकोटीले लायन्स क्लवले कनकाई नगरपालिका क्षेत्रमा धेरै सचेतना मुलक कामहरु गर्दै आएको भन्दै लागुऔषध दुव्यर्सनी बिरुद्ध समेत सचेतनाका लागि मद्धत गरिरहुेको बताउँनुभयो । घर समाज सुर्धानका लागि सबै सचेत नागरिक र क्लवहरुको भुमिका प्रमुख हुने शिवाकोटीको भनाई थियो । कार्यक्रममा लायन्स क्लव अफ कनकाई सुरुङ्गाका संस्थापक अध्यक्ष लीला चिमरियाले लायन्स समाजसेवा र केहि दिनकै लागि यस क्षेत्रमा स्थापना भएको भन्दै आँखाको क्षेत्रमा लायन्सले मुख्यगरि अभियान चलाउदै आएको बताउँनुभयो । कार्यक्रममा मेची आँखा अस्पतालकी कविता कार्की कड्रियाले हरेक स्वस्थ्य मानिसहले समेत ६÷६ महिनामा आँखाको जाँच गर्न सुझाव दिदै वालवच्चाहरुको समेत स्कुल भर्ना गर्नु पहिले समेत अनिवार्य आखाँको जाँच गर्नु आवश्यक रहेको बताउँनुभयो । हामी आँखामा समस्या नदेखिकन जाँच गराउँन जादैनौ यसो गर्नु गलत हो । हामीले हरेक ६ महिनामा अनिवार्य आँखाको जाँच गराउँनु आवश्यक छ नेत्र चिकित्सक कार्कीले भन्नुभयो । कार्यक्रममा लायन्स क्लव अफ कनकाई सुरुङ्गाका अध्यक्ष सन्जय गजुरेल, पुर्व अध्यक्ष मनोज बस्नेत लगायातको आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै लायन्स क्लव दुर्गापुरका अध्यक्ष दिपक खतिवडाले लायन्सले सामाजिक र स्वास्थ्य कार्यक्रमहरुलाई बार्षिक क्यालेन्डर बनाइरै अगाडि लगिरहेको बताउँनुभयो ।