Kanakai Online

विपन्न परिवारको घरमैपुगेर न्यानो कपडा वितरण गर्दै वडाध्यक्ष प्रसाई


बिहिवार, पौष १२, २०८० |

कनकाई अनलाईन
झापाको शिवसताक्षी नगरपालिका वडा नं. ४ ले वडाका अपाङ्ग तथा विपन्न परिवारका सदस्यहरुलाई न्यानो कपडा वितरण गरेको छ । वडाले अपाङ्ग तथा विपन्न परिवारका घरमै गएर जाडोमा लगाउने ज्याकेट वितरण गरेको हो ।
वडाध्यक्ष विष्णु प्रसाद प्रसाईले वडामा रहेका अपाङ्ग नागरिकहरु हिड्डुल गर्न नसक्ने भएकाले पनि घरमै गएर न्यानो कपडा वितरण गरेको बताए । उनका अनुसार २८ जनालाई ज्याकेट वितरण गरिएको हो ।
वडा नं. ४ मा अधिकांश आदिबासी समुदायहरुको बसोबास भएको विपन्न परिवारको संख्या धेरै छ । वडाले अपाङ्ग र अति विपन्न परिवारका सदस्यलाई छनोट गरी घरमै गएर वितरण गरिएको उनले बताए ।
वडामा भएका विपन्न परिवारलाई पौष र माघ महिना अध्यधिक कठनाईको महिना रहन्छ । आदिबासी समुदायहरु गरिबीका कारण उनीहरुसँग एक सरो राम्रो लुगा लगाउने समेत सामाथ्र्य रहँदैन । उनले भने, अघिल्लो वर्ष वडाले अघिल्लो तन्ना तथा व्याङकेट वितरण गरेको थियो । यस वर्ष ज्याकेट वितरण गरेको हो ।
त्यसै वडा नं. ४ ले वडाका विपन्न परिवारका छोरा छोरीहरुलाई साइकल वितरण गर्ने भएको छ । स्थानीय जनआदर्श मावि र त्रिभुवन माविमा कक्षा १०, ११ र १२मा अध्ययरत विपन्न तथा जेहेन्दार विद्यार्थीलाई साइकल वितरण गर्ने कार्य क्रम रहेको वडा कार्यालयले जनाएको छ ।

सम्बन्धित खबर