Kanakai Online

कतार सरकारले मृत्युदण्ड सुनाएका राउतलाई गाउँलेले अभियान चलाएर घर फर्काए


आइतवार, पौष ८, २०८० |

कनकाई अनलाईन
कतार सरकारले आफ्नै साथीको हत्या आरोपमा मृत्युदण्डको सजाय सुनाइएका झापा कनकाई नगरपालिका ४ त्रिवेणी टोलका ३३ बर्षिय सुबास राउतलाई स्थानीयवाशीले सहयोग संकलन गरि स्वदेश फर्काउन सफल बनेका छन ।
३ बर्ष पहिले आफ्नै रुममा बस्ने खोटाङ्ग ऐसेलुखर्कका लामाकाजी राईको हत्या आरोपमा झापा कनकाई नगरपालिकाका सुबासलाई मृत्युदण्डको सजाय सुनाएको थियो । राउले विदाका दिन अन्य कम्पनीका साथीहरु समेत आफ्नो कोठामा आएको र झगडा पर्दा राईको मृत्यु भएको बताउँनुभएको छ । राईको निधनपछि उनको मृत्युको कारण राउतलाई लगाएर कतार प्रहरीले मृत्युदण्डको सजाय सुनाएको थियो । तर उक्त घटनामा आफु निर्दोश रहेको राउतले बताउँदै आउनुभएको छ । श्रीमान विदेशमा मृत्युदण्डको सजाय सुनाएसगै स्वदेशमा रहेका २ छोराछोरी र श्रीमती कुमारी राउत र उनकै आश्रयमा बस्दै आउनुभएका बुबा जितबहादुर र आमा दुर्गामायाको बिजोग भएको थियो । उक्त खबर सुनेसगै आमा दुर्गामायाको समेत निधन भएको थियो । कतारमा मृत्युदण्डको सजाय सुनाएसगै स्थानीयवाशीको पहलमा ब्लडमनि तिर्नका लागि रकम संकलन गरि पिडित परिवारलाई रकम बुझाएर ३ बर्ष पछाडि राउतलाई स्वदेश फर्काइएको छ ।
सुबास राउत स्वदेश फकाउनका लागि तत्कालिन वडाध्यक्ष गोविन्द पौडेलको संयोजकत्वमा समिति समेत गठन गरिएको थियो । उक्त समितिले स्वदेश तथा विदेशमा रहेका नेपालीहरुबाट २० लाख २४ हजार रुपैँया रकम संकलन गरेको थियो । राउतलाई स्वदेश फर्काएसगै उनलाई आइतवार गाउँमा भव्य स्वागत गरिएको छ । झापा क्षेत्रनम्बर ४ का संघिय सांसद लालप्रसाद साँबा, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरल, उपप्रमुख आशाशर्मा शिवाकोटी, प्रदेश सरकारका कृषि मन्त्री हिराकुमार थापा, कनकाई नगरपालिका ४ का वडाध्यक्ष रोषन सुवेदी लगायातले स्वदेश फर्किनुभएका राउतलाई स्वागत गनुर््भयो । कार्यक्रममा आफु यसरी स्वदेश फर्किएर आउछु भन्ने विश्वास नलागेको अव कहिल्यै पनि विदेश नजाने स्वदेशमै केहि गर्ने सोच बनाएको सुबास राउतले बताउँनुभयो । सानो ऐलानी जमिनमा बनेको घर बाहेक मेरो सम्पत्ति केहिपनि थिएन छोराछोरीलाई टुहुरो बनाउँनुपर्यो भनेर जेलमा रहदा बस्दा सधै तनाव भइरहेको थियो । स्वदेश विदेशमा रहनुहुने नेपालीको मायाको कारण नयाँ जीवन पाए । गाउँलेद्धारा आयोजित स्वागत कार्यक्रममा राउतले भन्नुभयो ।
यसैविच पत्रकार सम्मेलन कार्यक्रमको आयोजना गरि सुबास राउत स्वदेश फकाऔ अभियानको आयव्याय समेत सार्वजनिक गरिएको छ । जसमा २० लाख २४ हजार ६ सय ५० रुपैँया संकलन भएको र त्यहाँबाट खर्च गरि बचेको २ लाख ५० हजार रुपैँया स्थानीय कनकाई वाल विकास केन्द्रलाई हस्तानतरण गरिएको अभियानकर्मी युगल दवाडीले बताउँनुभयो । सुबास राउत अभियानका तर्फबाट उनलाई फर्काउनलागि गरिएको पहलका वारेमा अभियानकर्मी दिपक चापागाईले बताउँनुभएको थियो भने माननीय एलपीसाँबा लिम्बु, कनकाई नगरपालिका प्रमुख राजेन्द्रप्रसाद पोखरेल, कनकाई ४ का वडाध्यक्ष रोषन सुवेदी, सुबासका पिता जीतबहादुर राउत लगायातले अभियानमा जोडिनुहुने सबैलाई धन्यावाद ज्ञापन गनुभएको थियो । कार्यक्रमको सञ्चालन अभियानकर्मी धवेन्द्र सुवेदीले गर्नुभएको थियो । कार्यक्रमको सभापतित्व पुर्व वार्डध्यक्ष गोविन्द पौडेलले गर्नुभएको थियो ।

सम्बन्धित खबर