Kanakai Online

कनकाई ४ नम्बर वार्डमा क्षेत्र नम्बर ४ स्तरीय कराते प्रतियोगिता


शनिवार, पौष ७, २०८० |

कनकाई अनलाईन
झापा जिल्ला कनकाई नगरपालिका ४ को प्रस्तावित रङ्गशालामा एक दिवशीय झापा क्षेत्र नम्बर ४ स्तरीय पू्रथम आमन्त्रित कराते प्रतियोगिता सम्पन्न गरिएको छ ।


राजेन्द्र लिम्बुको सभापतित्वमा आयोजित उक्त कराते प्रतियोगितामा बोल्दै प्रमुख अतिथि झापा क्षेत्र नम्बर ४ का सांसद एलपीसाँबा लिम्बुले खेल क्षेत्रलाई राज्यले आगामी दिनमा थप महत्व दिदै जाने प्रतिवद्धता जनाउँनुभयो । हिजो जेजसरी भएपनि शारिरीक तथा स्वास्थ्य रहन अनुशासन पालनाका लागि पुराना पुस्ताले खेलक्षेत्रलाई अगाडि लिएर गएको भन्दै अब कम्तीमा खेल क्षेत्रमा लागेरै राम्रो आर्थिक हैसियत बनाउने वातावरण राज्यले श्रृजन ागर्न लागेको साँबाले बताउँनुभयो । यसैका लागि कनकाई नगरपालिका ४ को यस क्षेत्रलाई प्रस्तावित रङ्गशालाका रुपमा सरकारले अगाडि वढाएको समेत सांसद साँबाको भनाई रहेको थियो । आफु र राज्यको तर्फबाट खेल क्षेत्रका लागि सक्दो पहल गरिरहेको समेत बताउँनुभएको छ । समाजमा सकरात्म भन्दा नकरात्मक कुराहरुले बढी सामाजिक संञ्जालमा प्रश्रय पाइरहेको भन्दै देशप्रेम र राष्ट्रभक्तिक लागि समेत खेल क्षेत्रको भुमिका रहेको साँबाको भनाई रहेको थियो ।

सोही अवशरमा साँबाले खेल क्षेत्रको वृति विकासमा मद्धत पुर्याएको भन्दै जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, कनकाई नगरपालिका ४ का वडाध्यक्ष रोषन सुवेदी र यस क्षेत्रका पुराना कराते प्रशिक्षक राम पाठकलाई समेत सम्मान गरिएको थियो ।
प्रतियोगितामा २० देखि ५० केजी तौल समुहका महिला तथा पुरुष तौल समुहमा प्रतिस्पर्धा गराइएको थियो । कार्यक्रममा कनकाई ४ की वार्डसदस्य मन्दिरा विक, सिनियर कराते प्रशिक्षक मदन उप्रेती, कालु मेचे, कनकाई माविका पुर्व प्रअ इश्वरीप्रसाद शिवाकोटी लगायातको आतिथ्यता रहेको थियो ।

सम्बन्धित खबर