कनकाई अनलाईन
हात्तीको आक्रमणबाट कर्मचारीको मृत्युपछि हल्दिबारीमा बिहिवार शोक बिदा दिइएको छ ।
गाउँपालिकाअन्तर्गत हल्दिबारी–२ नम्बर वडा कार्यालयमा कार्यरत कर्मचारी पाथल राजवंशीको बुधवार जंगली हात्तीको आक्रमणबाट मृत्यु भएपछि गाउँपालिकाले शोक बिदा दिएको हो ।
पालिकाका अधिकृत राजन न्यौपानेले बिहिवार गाउँ कार्यपालिकाको कार्यालय साथै मातहतका वडा कार्यालयहरू, स्वास्थ्य संस्थाहरू, शैक्षिक संस्थाहरू (अत्यावश्यक सेवा बाहेक) मा शोक बिदा दिएको बताउँनुभयो ।
वि.सं.२०४९ सालदेखि स्थायी रुपमा कार्यालय सहयोगी पदमा कार्यरत हल्दिबारी–२ स्थित पाराखोपी निवासी अन्दाजी ५५ वर्षीय राजवंशी बुधबार बिहान ४ बजे मर्निङ वार्कमा निस्किदा हात्तीको आक्रमणमा परि निधन भएको थियो । राजवंशीको निधनलाई लिएर गाउँपालिकाले सार्वजनिक विदा दिएको हो ।