Kanakai Online

ख्रीष्टीयन नागरिक समाजले निकाल्यो सुरुङ्गामा शान्ति र्याली


बिहिवार, पौष ५, २०८० |

अब्दुल सद्धाम अन्सारी

ख्रीष्टमसको अवशरमा ख्रीटमस नागरिक समाज झापा क्षेत्र नम्बर ४ ले वृहत शान्ति र्याली सहित विविध कार्यक्रमको साथमा मनाएको छ ।
झापा को सुरुंगा स्थित एक्सेल बैंक अगाडी ख्र्््््््ीष्टमसको शुभकामना लगायात विविध सास्कृतिक कार्यक्रम सहित समापन भएको छ ।
कार्यक्रमका संयोजक तथा क्षेत्र नं ४ ईसाइ समाज अध्यक्ष जगत पौडेलले इसुमसी विश्व शान्ति प्रतिकरहेको र जनमानस मा शान्ति संबृद्धि सकारात्मक सोच प्रकट होस् भन्दै आफ्नो छोटो मन्तवय टुंग्यानुभएको थियो ।

सयौको .संख्यामा रहेका धम्वालम्बीहरुको र्यालीले सुरुङ्गा बजार परिक्रमा गरेको थियो । आयोजित सुरुङ्गा चौकमा भएको कोण सभामा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोख्रेलले ईसाइसमाजका बालबालिका तथा युवाहरु उत्कृष्ट अंक प्राप्त गरे नगरपालिका,गाउपालिका तथा विभिन्न संघसंस्थाहरुले पुरष्कृत गर्दा टीका नलाउने चलनमा आफ्नो गुनासो गर्नुभएको छ । साथै धर्मलाई विज्ञानसंग जोड्दै लाने भनेर ख्र्््््््ीष्टमसको शुभकामना दिदै कार्यक्रमवाट बिदा लिनुभएको थियो । क्रिष्चियन मण्डलीबाट पाष्टर जाकाई,कनकाई नगर इसाई समाजका अध्यक्ष लक्ष्मी राई,इ.प्र.का सुरुंगा इन्चार्ज बरिष्ठ प्रहरी नायव निरिक्षक अशोक कोइराला लगायातको सहभागिता रहेको थियो । सोही कार्यक्रममा कलाकारहरुले विविध सास्कृतिक प्रस्तुति दिएका थिए ।

सम्बन्धित खबर