कनकाई अनलाईन
झापा कनकाई नगरपालिका ३ सुरुङ्गा बजारमा आजदेखि राजवंशी भोजनालय संञ्चालनमा आएको छ ।
विशेष कार्यक्रमका विच कनकाई नगरपालिका ३ का वडाध्यक्ष युवराज चम्लगाईले रिबन काटेर राजवंशी भोजनालयको सुभारम्भ गर्नुभएको हो ।
खासगरि राजवंशी परिकारहरु माछा खाना, लगायातका आइटमको साथमा माछाको सुकुटी, चिकन, माछा मुराई, खसीको मासु लगायातका आइटमहरुका पारखीहरुका लागि लक्षित गरेर होटल संञ्चालनमा ल्याइएको होटलका संञ्चालक मोहन राजवंशीले बताउँनुभयो ।
होटल सुरुङ्गा चौकस्थित गिताञ्जलि होटल माथिल्लो तलामा सञ्चालनमा रहेको यस होटल उद्घाटनको अवशरमा कनकाई ३ का वडासदस्य अनिल गोयल, कनकाई बहुमुखी क्याम्पसका अध्यक्ष प्रकाश चुडाल, स्वतन्त्र नागरिक कार्यसम्पादन समुह कनकाई ३ का वडाध्यक्ष चन्द्रप्रसाद भेटवाल, सचिव दिपक पाण्डे लगायातको आतिथ्यता रहेको थियो ।
होटल परम्परागत जाति राजवंशीका खाद्य परिकारहरुलार्इं यसका पारखीहरुमाझ लैजाने मुख्य उद्धेश्य रहेको बताइएको छ ।