Kanakai Online

आबद्ध सहकारीको बनभोज सहितको साधरणसभा दोमुखामा


मङ्गलवार, मंसिर १९, २०८० |

कनकाई अनलाईन
झापाको बिर्तामोडमा रहेको आबद्ध बचत तथा ऋण सहकारी संस्थाको ११ औ बार्षिक साधरणसभा पुर्वको चर्चित पर्यटकिय स्थल दोमुखा क्षेत्रमा बनभोजका साथ सम्पन्न भएको छ ।


राष्ट्रिय सहकारी बैँकका लेखा समिति संयोजक समेत रहनुभएका लक्ष्मीप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा सहकारीका अध्यक्ष नन्दमान भट्टराईले आर्थिक बर्षको वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै संस्थाले धेरै शेयरधनीले आफ्नो संस्थालाई माया र विश्वास गर्नु भएको भन्दै धन्यावाद प्रदान गर्नुभयो । अध्यक्ष भट्टराईले हाल संस्थामा २ करोड ७१ लाख रुपैँया शेयर रकम रहेको र २५३४ जना शेयर सदस्य रहेको बताउँदै संस्थाले खुद नाफा १ करोड २० लाख ६४ हजार ८ सय २४ रुपैँया आर्जन गर्न सफल भएको बताउँनुभयो ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि लक्ष्मीप्रसाद उप्रेतीले झापामा केहि सहकारी र आन्दोलनका गलत गतिविधिका कारण केहि समस्या जस्तो देखिएपनि बास्तविक समस्या भने नरहेको बताउँनुभयो । सहकारीमा जनविश्वास घटनुभन्दा बढ्दो रुपमा रहेको भन्दै झापामा आवद्ध साकोस जस्ता असल सहकारीकै कारण सहकारीको आन्दोलन थप उचाईमा पुगेको बताउँनुभयो ।
कार्यक्रममा बोल्दै शिक्षा सहकारीका अध्यक्ष समेत रहनुभएका पत्रकार सुब्रत न्यौपानेले सहकारीको ऋण समेत जनताकै बचतको रकम भएकोले तिर्नु प्रदैन भनेर हल्ला गर्नु गलत कार्य भएको बताउँदै यस्ता हल्लाका पछाडि नलाग्न सुझाव दिनुभयो ।
तर सहकारीका संञ्चालक र कर्मचारीको काम कार्वाहीप्रति भने शेयर सदस्यहरु सचेत रहनुपर्ने अवस्था भने आईसकेको न्यौपानेको भनाई थियो ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैँकका विवेक डाँगी, अलैची व्यावसायी महासंघका अध्यक्ष निर्मल भट्टराई लगायातले शुभकामना राख्नुभएको कार्यक्रममा सहकारीका विपन्न शेयर सदस्यलाई अध्यक्ष लगायातबाट प्राप्त बैठक भक्ताको रकम सहयोग प्रदान गरिएको थियो भने उत्कृष्ट कर्मचारी, ऋणी, बचतकर्ता र उत्कृष्ट विद्यार्थीलाई समेत नगद सहित सम्मान गरिएको थियो ।
कार्यक्रमको सञ्चालन सचिव खगेन्द्र कुँबरले गर्नुभएको थियो भने स्वागत सञ्चालक गौरीप्रसाद भण्डारीले गर्नुभएको थियो ।

सम्बन्धित खबर