Kanakai Online

नेपाल भारत सिमा स्तम्भको मर्मत सुुरु


सोमवार, मंसिर १८, २०८० |

कनकाई अनलाईन
झापा जिल्लामा नेपाल–भारत दशगजा क्षेत्रको सीमा स्तम्भ अनुगमन, मर्मत तथा रंगरोगन शुरु भएको छ ।
सोमबार झापाको मेचिनगरस्थित सतिघट्टाबाट सीमा स्तम्भको अनुगमन तथा मर्मत शुरु भएको हो । नेपाल तथा भारतका सुरक्षा संयन्त्रको सहभागितामा उक्त सिमा स्तम्भहरुको अनुगमन र मर्मत सम्भार सुरु गरिएको हो ।


झापाको मेचीनगर–७ मा रहेको सहायक सीमा स्तम्भ ९१÷१ पिपि ५५ मा रंगरोगन गरेर कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोला, सशस्त्र प्रहरी बल नेपाल नम्वर १ बराहा बाहिनी मुख्यालय पकली सुनसरीका कार्यालय प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक अंजनीकुमार पोखरेल, राष्ट्रिय अनुसन्धान निर्देशक किशोर कुमार श्रेष्ठको उपस्थितिमा सीमा स्तम्भ अनुगमन तथा मर्मत कार्य शुरु गरिएको सशस्त्र प्रहरी बल नेपाल नं २ गण हेक्वा झापाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक देवराज अर्यालले जानकारी दिनुभयो । सीमा क्षेत्रमा रहेको सीमा स्तम्भहरुको निर्माण, मर्मत सम्भार र पुनः स्थापना सम्बन्धि मापदण्ड २०८० अन्तर्गत कार्यक्रम गरिएको अर्यालले जानकारी दिनुभयो ।
नेपाल– भारत सीमाअन्तर्गत झापाको १४४.०२ किलोमिटर क्षेत्रमा साना ठुलागरी ९९५ स्तम्भ रहेकोमा ३१७ वटा मर्मत गर्नु पर्ने एसपी अर्यालले जानकारी दिनुभयो । बिजोर नम्बरको स्तम्भ नेपालको तर्फबाट मर्मत गरिने जनाइएको छ ।
कार्यक्रममा भारतीय सुरक्षा निकाय एसएसबी हेक्वा रानिडंगा सेकेण्ड इन कमाण्ड नवीन राइ, झापाका सहायक प्रजिअ विश्वराज नेपाललगायतको उपस्थिति रहेको थियो ।

सशस्त्र प्रहरीका बाहिनीपति पोखरेलले सिमा मर्मतसम्भारसगै सीमामा हुने आपराधिक गतिविधि, तस्करी नियन्त्रण र सीमाको सुरक्षामा सशस्त्र प्रहरी सदैव अग्रमोर्चामा खटिने बताउँनुभयो ।

सम्बन्धित खबर