Kanakai Online

झापामा जंगली हात्तीको आक्रमणबाट चौकीदारको मृत्यु


शुक्रवार, मंसिर १५, २०८० |

कनकाई अनलाईन
झापामा जंगली हात्तीको आक्रमणबाट वन चौकीदारको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दीबारी गाउँपालिका–३ निवासी ४० वर्षीय धनबहादुर बन रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मृतक बन रणकाली सामुदायिक वन जलथलका चौकीदार रहनुभएको छ । शुक्रबार बिहान करिब ९ बजेको समयमा बन सामुदायिक वनमा रेखदेखको लागि जानुभएको थियो । सोही बेला एउटा जंगली हात्तीसँग उनको जम्काभेट भएको थियो । सोही क्रममा एउटा हात्तीले लछारपछार गर्दै उहाँलाई कुल्चिएर मारेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले बताउँनुभयो । मृतकको शव स्थानीयले बिहान ११ बजेतिर देखेपछि तत्काल प्रहरी चौकी जलथललाई खबर गरेका थिए । त्यसपछि जिल्ला प्रहरी कार्यालय झापाको टोली घटनास्थल पुगेर कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ ।

सम्बन्धित खबर