Kanakai Online

श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या


बिहिवार, मंसिर ७, २०८० |

कनकाई अनलाईन
झापाको भद्रपुर नगरपालिका–१ पृथ्वीनगरमा श्रीमानले बुधवार राती आफ्नै श्रीमतीको हत्या गरि आफुले पनि आत्महत्या गरेका छन ।

श्रीमान ३६ वर्षीय सुवास लिम्बू र उनकी श्रीमती ३५ वर्षीया जुनिता लिम्बू दुबैजना मृत फेला परेका हुन् । जुनिता घरभित्र र सुवास घरनजिकैको रुखमा झुन्डिएको अबस्थामा फेला परेको प्रहरीले जनाएको छ । श्रीमती जुनितालाई हत्या गरी सुवासले आत्महत्या गरेको हुनसक्ने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताउँनुभयो । प्रहरीले सुवासले लेखेको सुसाइड नोटसमेत फेला पारेको छ । श्रीमतीको हत्यापछि आफूले आत्महत्या गरेको कुरा सुवासले त्यहाँ उल्लेख गरेको प्रहरीले बताएको छ ।

दुवैजनाले मादक पदार्थ सेवन गरी राति झैझगडा गरेको पाइएको स्थानीयको भनाई रहेको छ । सुवासका दाजुलगायतले राति ११ बजे घरमा बसेर उनीहरुविचको झागडा मिलाएको पाइएको छ । उनीहरुको झगडा मिलाएपछि सो घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता डीएसपी रिजालले बताउँनुभयो । लिम्बू दम्पत्तिका तीनजना नाबालक छोराछोरी समेत रहेका छन् ।

सम्बन्धित खबर