Kanakai Online

विरिङ नदिको छठ सभामुख घिमिरेले उदघाटन गर्ने


शनिवार, मंसिर २, २०८० |

कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका ८ स्थित विरिङ खोलामा आयोजना गरिएको वृहत छठ पूजाको उद्घाटन सभामुख देवराज घिमिरेले गर्ने हुनु भएको छ ।

सभामुख घिमिरे पूजा उद्घाटनका लागि मंसिर ३ गते बिहान ८ बजेको फ्लाइटमा झापा आउने उहांको सचिवालयले जनाएको छ ।

सचिवालय स्रोतका अनुसार सभामुख घिमिरे ५ गतेसम्म झापा रहने र त्यसविचमा आफ्नो निर्वाचन क्षेत्र भित्र विभिन्न कार्यक्रममा सहभागि हुने जनाइएको छ ।
छठ सेवा समिति बिर्तामोडले यस वर्ष पनि छठ पूजाको दिन धार्मिक वृहत मेलासहित पूजाको आयोजना गरेको हो । समितिले ८ सय परिवारलाई पूजा गर्नको लागि पण्डाल घाटको व्यवस्थापन गर्ने भएको छ ।