Kanakai Online

कनकाई माईमा लगाइने छठ पुजाको तयारी तीब्र


बिहिवार, कार्तिक ३०, २०८० |

कनकाई अनलाईन

परम्परादेखि कनकाई माई नदिको पुर्वी तटमा लगाइदै आएको छठ पुजाको तयारी अन्तिम चरणमा पुगेको छ ।
आज छठ पुजा सेवा समिति कनकाईले पत्रकार सम्मेलनको आयोजना गरि छठ पुजाको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो । आयोजक समितिका महासचिव रविन गुप्ताका अनुसार यसबर्ष पनि कनकाई माईको पुर्वी तटमा ७० बटा घाटको निर्माण गरिने छ । उनीहरु सबैलाई पुजाका लागि कुनै शुल्क भने निर्धारण नगरिएको र आफ्नो क्षमता अनुसारको रकम भने सहयोग गर्न सकिने समेत गुप्ताले बताउँनुभयो ।

पुजा सम्पन्न गर्न कुल ५ लाख रुपैँया खर्च लाग्ने र खर्च कटाएर हरेक बर्ष केही न केहि रकम समेत बचत हुदै आएको कनकाई छठ प्ुजा समितिका अध्यक्ष बिजय शर्माले जानकारी दिनुभयो । यस बर्ष छठ पुजाका लागि २१ सदस्यीय मुल समिति र बाकी अन्य विभिन्न ७ वटा उपसमिति समेत गठन गरिएको छ । छठ पुजालाई थप व्यवस्थित र मनोरञ्जनपुर्ण बनाउनका लागि विभिन्न जातजातिको झाँकी सहित सास्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको कनकाई छठ पुजा सेवा समितिकी सचिव मन्जु प्रधानले बताउँनुभयो । छठ पुजाका लागि छठ पुजा सेवा समितिका बरिष्ठ उपाध्यक्ष मुन्ना शाहको संयोजकत्वमा समिति समेत गठन गरिएको छ । भने बजार देखि कनकाई माईसम्म सरसफाई र गेट निर्माण समेत गरिने छ ।
यस बर्ष छठ पुजाका लागि भनेर कनकाई बाहिरका विशिष्ट व्याक्तित्वलाई प्रमुख अतिथिका रुपमा नबोलाइएको तर कनकाईकै कुनै विशिष्ट व्याक्तित्वलाई प्रमुख अतिथिका रुपमा बोलाइने समेत पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । यस बर्ष आगामी मंसिर ३ गते आइतवार दिउसोबाट छठ पुजाको आयोजना गरिदै छ ।

सम्बन्धित खबर