कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका ५ स्थित चप्रामारीबाट गएराती विद्युतिय ट्रान्समिटर चोरी भएको छ ।
चोरी गर्ने समुहले ११ हजार भोल्टेजबाट ट्रान्समिटरको तार हटाई त्यहाँ रहेको १०० केभिएको ट्रान्समिटर चोरी भएको कनकाई नगरपालिका ५ का वडासदस्य दिलु उप्रेतीले बताउँनुभयो ।
चोरी गर्ने समुहले तामाको तार र त्यहाँ रहेको तेलका लागि ट्रान्समिटरको चोरी गरेको र चोरी गर्ने समुहको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी प्रमुख बरिष्ठ प्रहरी नायव निरिक्षक अशोक कोइरालाले बताउँनुभयो । हालसम्म यस क्षेत्रमा कुखुरा, काठ, लगायातका घरायसी सामाग्रीहरु चोरी हुने गरेको भएपनि यसरी मेन लाईनकाटेरै ट्रान्समिटरनै चोरी भएको भने यो पहिलो घटना भएको कनकाई नगरपालिका ५ का वडाअध्यक्ष कृष्णबहादुर राईले बताउँनुभयो ।