कनकाई अनलाईन
लामो समयदेखि झापा सुरुङ्गामा सुन चादीको व्यावसाय गर्दै आएका नवराज बिमली हेमुले करिब १ अर्ब भन्दा बढी रकम ठगि गरेर वेपत्ता बनेका छन ।
सुरुङ्गा बजारमा पाथिभरा सुनचादी पसल संञ्चालन गर्दै आएका बिमलीबाट ठगिनेहरुमा कनकाई नगरपालिकाकी उपमेयर आशा शर्मा शिवाकोटी देखि लिएर कनकाई नगरपालिका ३ का वडाध्यक्ष युवराज चम्लगाई सम्म ठगिमा पर्नुभएको छ । जनप्रतिनिधिहुनु भन्दा अगाडिदेखि कारोबार गर्दै आएकोले आफुहरु ठगिएको जनप्रतिनिधिहरुको गुनासो रहेको छ । नवराज बिमली भने गत कार्तिक १० गतेदेखि पसल बन्द गरेर परिवारै वेपत्ता बनेका छन । उनीहरुबाट पिडितहुनेहरुमा हालसम्म ७० हजार रुपैँयादेखि लिएर १ करोड १३ लाख सम्म .ठगिएको बताएका छन ।
उनीहरु सबैजनाले आफुहरु ठगिएको भन्दै कनकाई नगरपालिका ३ को वार्डकार्यालय तथा इलाका प्रहरी कार्यालय बिर्तामोडमा निवेदन दिएका छन । भने आफुहरु ठगिएको भन्दै हेमु बिमली पिडित समिति समेत गठन गरेर आन्दोलन सुरु गरेका छन । झापा गाउँपालिका वडानम्बर ६ का पुर्व जनप्रतिनिधि मोहन पोखरेलको संयोजकत्वमा २१ सदस्यीय खोजविन समिति समेत गठन गरिएको छ । हालसम्म आधिकारीक रुपमा २७ करोड रुपैँयाको भने प्रमाण सहित बिमलीबाट ठगिएको भनेर पिडितहरु सम्पर्कमा आएको संयोजक पोखरेलले बताउँनुभयो । यता कनकाई नगरपालिका ३ का वडाध्यक्ष युजराज चम्लागाईले भने बिमली दसै लग्गत्तै सम्पर्क बाहिर रहेकोले उनको खोजविनका लागि कानुनी उपचार खोजी गर्न थालिएको बताउँनुभयो । यस अघि झापा गौरादहमा समेत अर्का एक सुनचादी व्यावसायी सर्वसाधरणको करोडौ रुपैँया ठगि गरेर फरार भएका थिए हाल उनीहरु दम्पत्तीनै झापा जिल्ला कारागारमा रहेका छन ।
ठगिमा परिनेहरुमा अधिकांसको कानुनी आधार समेत कमजोर भएको बताइएको छ ।