Kanakai Online

कनकाईमा प्रथम मेयर कप जिल्ला स्तरिय भलिवल प्रतियोगिता


बिहिवार, कार्तिक २३, २०८० |

कनकाई अनलाईन
कनकाई नगरपालिका ५ स्थित बिद्योदय अंग्रेजी माध्यमिक विद्यालयमा स्थानीय चप्रमारी स्पोर्टिङ क्लबको आयोजनामा आजदेखि प्रथम मेयर कप जिल्ला स्तरिय पुरुष भलिवल प्रतियोगिता सुरु भएको छ । आज ( विहिवार ) विशेष कार्यक्रमका विच कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, कनकाई ५ नम्बरका वार्डध्यक्ष तथा कनकाई नगरका प्रवक्ता कृष्णबहादुर राई, कनकाई खेलकुद विकास समितिका संयोजक जबिन तिम्सिना लगायातले विशेष कार्यक्रमका बिच प्रतियोगिताको उदघाटन गर्नुभएको हो ।
राष्ट्रिय खेल समेत रहेको भलिबल प्रतियोगिता आगामी कात्तिक २५ गते फाईनल खेल हुने आयोजक क्लबका सचिव ऋवाज तिम्सिनाले बताउँनुभयो ।

आज भएको पहिलो दिनमा ४ खेलहरु भएका छन जसमा कनकाई नगरपालिका सहित मेचिनगर , शिव सताक्षी र झापा गाउँपालिकाको टिम आआफ्नो प्रतियोगितामा विजयी हुदै दोस्रो चरणमा प्रवेश गरेका छन । वेस्ट अफ थ्रीको सेटमा खेलाईएको खेलमा मेचिनगर र बाह्रदसी बिच भएको पहिलो खेलमा पहिलो सेटमा बाह्रदसीले मेचिनगरलाई २२ – २५ ले हरायो भने दोस्रो र तेस्रो सेटमा मेचचिनगरले क्रमशः २५ – २२ र २७ – २५ ले बाह्रदसीलाई हराउदै मेचिनगर सेमि फाईनलमा प्रवेश गरेको छ ।

त्यसैगरी आयोजक टिम र झापा गाउपालिकाको टिम विच भएको खेलमा आयोजकलाई २५ – २० र २५ – २३ को सोझो सेटमा हराउदै झापा सेमी फनईनलमा प्रवेश गरेको छ । त्यस्तै आजै भएको गौरीगञ्ज र कनकाई बिचको खेलमा कनकाई २५ – १९ र २५ – १६ को सोझो सेटमा विजयी भएको छ भने कचन कवल र शिवसताक्षी बिच भएको खेलमा शिवसताक्षी २५ – १५ र २५ – १६ को सोझो सेटमा विजयी भएको छ ।

कनकाई र शिवसताक्षीले भने सेमिफाईनलमा प्रवेशका निम्ती शुक्रबार अर्को एकएक खेल खेल्नु पर्ने छ । शुक्रबार कनकाई र भद्रपुर बिच साथै शिवसताक्षी र गौरादह बिच सेमिफाइनलको निमित्त प्रितस्पर्धा हुने छ । शुक्रबारनै सेमीफाईनलका खेल समेत हुने छन भने फाईनल खेल कात्तिक २५ गते हुने छ ।

प्रतियोगिता सम्पन गर्नकोलागी कनकाई नगरपालिका र कनकाई नगरपालिका वडा नं. ५ को विषेश सहयोग रहेको चप्रमारी स्पोर्टिङ क्लबका अध्यक्ष सन्तोस गुरुङ्ले बताउँनु भएको छ ।

प्रतियोगितामा बिजेता टिमले ५१ हजार नगद , ट्रफी ,मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन भने उप विजेता टिमले ३१ हजार नगद , ट्रफी , मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १ हजार र ट्रफीको ब्यवस्थापन गरेको र म्यान अफ द सिरिजलाई नगद ५ हजार सहित ट्रफीको ब्वस्थागरिएको क्लबका अध्यक्ष सन्तोस गुरुङ्ले वताउनु भएको छ ।
प्रतियोगिताको उदघाटन गर्दै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले यस प्रतियोगिताबाट कनकाई नगरपालिका क्षेत्रबाट समेत देशका लागि योग्य खेलाडी उत्पादन हुनेमा विश्वास व्यक्त गर्नुभयो । कनकाई नगरपालिकामा भलिबल खेल अन्य खेलको तुलनामा अलिकति पछाडि परिरहेको भन्दै अबका दिनमा भलिबल खेलले कनकाईमा अगाडि बढने बताउँनुभयो ।

सम्बन्धित खबर