कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका ३ र ७ बाट ४ जना सहित ५ जना चोरी आरोपमा पक्राउ परेका छन ।
मंगलवार झापाको कनकाई नगरपालिका ३ बाट स्थानीय टप्पुको एक घरमा राखिएको टायल्स चोरी गर्ने २ जना स्थानीय २२ बर्षिय सलिम आलम र ३० बर्षिय बिमल पाठक तथा कुखुरा चोरी गर्ने इलाम माई नगरपालिका ८ घर भएका २९ बर्षिय निस्तेमा शेर्पा तथा पसलको तौलिने ढक तराजु चोरी गर्ने शिवसताक्षी नगरपालिका १० का २४ बर्षिय धिरज साहलाई इलाका प्रहरी कार्यालय सुरुङ्गाले पक्राउ गरेको छ । चोरी कार्यमा सग्लनहरुलाई पक्राउ पछि आवश्यक कार्वाहीको प्रक्रिया अगाडि वढाइएको ईलाका प्रहरी कार्यालय सुरुङ्गाका बरिष्ठ प्रहरी नायव निरिक्षक अशोक कोइरालाले बताउँनुभयो ।
यता सोमवार दिउसो झापा हल्दिवारी गाउँपालिका ४ मा बच्चा चोरी गरेको आरोपमा एकजनालाई स्थानीयले पक्राउ गरेका छन । स्थानीय रुद्र मैनालीको चिया बगानमा काम गर्ने मजदुर लोकमान र लक्ष्मी राईको १० महिने बच्चालाई सुताएको स्थानबाट झिकेर लैजान लाग्दा स्थानीयले देखेर प्रहरीलाई बुझाइदिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक खगेन्द्र रिजालले बताउँनुभयो । बच्चा चोरीको आरोपमा पक्राउ गरिएका भारत इस्लामपुर घर भएको २५ बर्षिय बुद्ध उराउलाई पक्राउ गरि आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।