Kanakai Online

सुरुङ्गा टप्पुमा ११ हजार भोल्टको करेन्ट लाग्दा मजदुर ठहरै


सोमवार, कार्तिक २०, २०८० |

कनकाई अनलाईन
कनकाई नगरपालिका ३ सुरुङ्गा टप्पुमा आज सोमवार दिउसो करेन्ट लागेर एकजना मजदुरको मृत्यु भएको छ ।
सोमवार दिउसो ५ बजेको स्थानीय हरिहर पराजुलीको घरको माथिल्लो तलामा काम गर्नेक्रममा तलबाट माथिल्लो तलामा घर निर्माणका लागि रड दिदा घरमाथि रहेको ११ हजार भोल्टेजको करेन्टमा रडले छुनगई एकजना मजदुरको ज्यान गएको छ । घर निर्माणका क्रममा माथिल्लो तलामा रड दिने क्रममा रोडमा रहेको ११ हजार भोल्टेजको करेन्ट लागि घाईते बन्नुभएका मजदुर कनकाई नगरपालिका ६ चम्पापुर निवासी ३३ बर्षिय रामकुमार श्रेष्ठको मृत्यु भएको हो ।

करेन्ट लागेर घाईते श्रेष्ठको उपचारका लागि स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा लैजादा मृत्यु भएको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख बरिष्ठ प्रहरी नायव निरिक्षक अशोक कोइरालाले बताउँनुभयो । मृतकको शवलाई आवश्यक प्रक्रियाको लागि पोस्ट म्याटमा लैजाने तयारी थालिएको प्रहरीले बताएको छ । घटनावारेमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर