कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका तुलसीवारीमा संञ्चालित प्रथम प्रदेश स्तरीय नकआउट फुटवल प्रतियोगिताको उपाधी न्यु स्टार क्लव बिर्तामोडले हात पारेको छ ।
न्यु स्टारले आयोजक न्यु रेलिमाई क्लव तुलसीवारीलाई ट्राईब्रेकरमा हराउदै नगर १ लाख १ हजार राशिको पुरस्कार हात पार्यो । उपबिजयी भएको आयोजक रेलिमाईले ७५ हजार रुपैँया प्राप्त गरेको हो । शनिवार सम्पन्न फाईनल खेलमा दुबै टिमबाट कुनै गोल नभएपछि ट्राईबेकरबाट प्रतियोगिताको निर्णय भएको हो जसमा बिर्तामोडले ५—४ गोल अन्तरले उपाधि हात पारेको हो । खेलमा बिर्तामोडका खेलाडी बिजय राई म्यान अफ दि म्याच घोसित हुनुभयो । कार्यक्रममा विजेता टिमलाई, प्रतिनिधिसभा सदस्य लालप्रसाद साँबा, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल लगायात, कनकाई नगरपालिका ५ का वडाध्यक्ष कृष्ण राईले नगद तथा ट्रफि प्रदान गर्नुभयो ।
स्थानीय देवकोटा प्राविको खेल मैदानमा आयोजित प्रतियोगिताको प्रथम पुरस्कार ओझा परिवार र दोस्रो पुरस्कार राशीको पुरस्कार दाहाल परिवारबाट आफ्ना पिताको सम्झनामा भएको थियो । कार्यक्रम न्यु रेलिमाई क्लवका अध्यक्ष मोतीखर ओझाको सभापतित्वमा भएको थियो । प्रतियोगितामा झापा सहित प्रदेश एकका ८ टिमको सहभागिता रहेको थियो ।