कनकाई अनलाईन
झापा क्षेत्र नम्बर ४ का सांसद एलपीसाँबा लिम्बुको विशेष पहलमा आफ्ना नागरिकका लागि तनाव व्यावस्थापन र विश्व शान्तिको कामना गर्दै ५ दिवशीय भावातीत ध्यान शिविर झापाको कनकाई नगरपालिका स्थित लोटस् पार्टी प्यालेशमा सम्पन्न भएको छ । संकल्प प्रतिष्ठानको आयोजना तथा नेपाल महर्षि वैदिक फाउण्डेशनको सहआयोजनामा झापामा प्रथम पटक आयोजित उक्त ध्यान शिविरमा यस क्षेत्रका मावि विद्यालयका प्रअ, पत्रकार र सरकारी उच्च तहका कर्मचारी, जनप्रतिनिधि गरि १५० वढीको सहभागिता रहेको थियो । ध्यान शिविरको उदघाटन गर्दै झापा क्षेत्रनम्बर ४ का सांसद लालप्रसाद साँबा (एलपी) ले नागरिकको निरोगीताका लागि आफुले हरसमय प्रयत्नशील रहने बताउँदै ध्यान शिविरबाट नागरिक तनावमुक्त हुन र निरोगी बन्न सिकाउने बताउँनुभयो । ५ दिनसम्म चलेको उक्त ध्यान शिविरमा माधवप्रसाद अर्यालबाट ध्यान सम्बन्धि ज्ञान प्राप्त गर्नुका साथै चिन्ता र तनावरहित समाज र शरिर बनाउने कलाका वारेमा प्रशिक्षण प्रदान गरिएको थियो ।
प्रशिक्षणपछि सहभागिहरुले यस्ता खाले प्रशिक्षणले सम्भ समाज बनाउन र मानीसलाई चिन्ताबाट टाडा राखि निरोगी समाजको परिकल्पनामा सार्थक हुने बताउँनुभएको छ ।
गत असोज २७ गतेबाट सुरु भएको उक्त भावातीत ध्यान शिविर आज कार्तिक १ गतेसम्म सुरुङ्गामा चलेको थियो ।
उक्त ध्यान शिविरमा बोल्दै महर्षि फाउण्डेशन नेपालका संस्थापक अध्यक्ष तथा नेपाल सरकारका पुर्व गृहराज्यमन्त्री दिपकप्रकाश बास्कोटाले विश्व शान्ति अभियानमा ध्यानले मद्धत पुर्याउने भन्दै ध्यानकै माध्यमबाट विश्वशान्तिको यात्रामा पुग्नका लागि फाउण्डेशनले देशव्यापी अभियान संञ्चालन गरिरहेको बताउँनुभयो । शरिर बचेको खण्डमा मात्रै देशमा सबैकुरा ठिकठाक हुने भन्दै देशलाई समृद्धिको यात्रामा लैजानका लागि बैदिक कृषि, वैदिक स्वास्थ्य, ध्यान र स्वास्थ्य उपचार विधिमा समेत वैदिक विधिको अनुशरण आवश्यक भएको बताउँनुभयो । हामीले खानेकुरा देखि लिएर बस्ने घरसम्ममा वैदिक दर्शन र पालना गर्नुपर्छ यसैका लागि हामील अभियान चलाएका हौ पुर्व गृहराज्यमन्त्री बास्कोटाले भन्नुभयो ।
कार्यक्रममा बोल्दै संकल्प प्रतिष्ठानका अध्यक्ष दिपेन्द्र प्रसाईले देशलाई तनाव व्यावस्थापन गर्दै विश्वशान्तिको महाअभियानमा जुटने संकल्प संकल्प प्रतिष्ठानले गरेको बताउँनुभयो । ध्यान शिविरमा भावातीत ध्यान प्रशिक्षक माधव अर्याल, चेतना भुषाल र मदन मोहन अधिकारीले प्रशिक्षण प्रदान गर्नुभएको थियो । प्रशिक्षणमा ध्यान कला र विश्वमा यसले पार्दै आएको प्रभावका वारेमा चर्चा गरिएको सहभागिले बताएका छन ।