कनकाई अनलाईन
– नेपाली राष्ट्रिय फुटबल टोलीले लाओसको घरेलु मैदानमा जित निकाल्दै फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरणमा स्थान पक्का गरेको छ । मनिष डाँगीले दोस्रो हाफमा गरेको गोलको सहयोगमा नेपालले १/० को जित निकाल्दै दोस्रो चरणको यात्रा सुनिश्चित गर्यो । पहिलो लेगमा १/१ को बराबरी खेलेको नेपाल समग्रमा २/१ को जितका साथ अघि बढ्यो ।
मनिष डाँगीले दोस्रो हाफमा गरेको गोलको सहयोगमा नेपालले १/० को जित निकाल्दै दोस्रो चरणको यात्रा सुनिश्चित गर्यो । पहिलो लेगमा १(१ को बराबरी खेलेको नेपाल समग्रमा २/१ को जितका साथ अघि बढेको हो । नेपालले अब दोस्रो चरण अन्तर्गत समूह एचमा युएइ, बहराइन र यमनसँग प्रतिस्पर्धा गर्नेछ ।
मंगलबारको खेलमा नेपालले पहिलो हाफमा सुस्त प्रदर्शन गरेपनि दोस्रो हाफको सुरुवातमै अग्रता लिएर जितको आधार तय गरेको थियो । प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले पछिल्लो खेलबाट तीन परिवर्तन गर्दै टोली उतारेका थिए ।
१२ औं मिनेटमा दिनेश हेन्जनले फ्रि(किक मा क्रस गरेको बल लाओस गोलरक्षकले सजिलै समाते । १७ औं मिनेटमा लाओसका माइकल भाङको प्रहार नेपाली कप्तान किरण चेम्जोङले राम्रो बचाउ गरेर टारे ।
२२ औं मिनेटमा दिनेश हेन्जनको क्रसमा उत्सव राईले बक्समा खाली रहेको अवस्था बाट गरेको हेडर पोस्टको माथिबाट बाहिरियो । ३९ औं मिनेटमा लाओसका चोनि वेनपासर्थको बक्स भित्र बाट लिएको प्रहार पोस्टको केही टाढा बाट बाहिरियो । ४२औं मिनेटमा वेनपासर्थबाट आएको प्रहार किरण चेम्जोङले सजिलै बचाए ।
पहिलो हाफको अन्त्यतिर नेपालले अग्रता लिने अर्को अवसर पाएको थियो । दिनेशको क्रसमा अनन्त तामाङले गरेको प्रहार सटिक हुन नसक्दा ६ यार्ड बक्सभित्र पुगेको बलमा कुनै नेपाली खेलाडी पुग्न सकेनन् ।
५३ औं मिनेटमा नेपालले अग्रता लियो । अन्जन विष्टले पेनाल्टी क्षेत्रको दायाँ भागबाट दिएको पासलाई मनिषले पहिलो टचमा गोलको दिशा दिँदै अग्रता दिलाए ।
८२ औं मिनेटमा अन्जनको हेडर प्रयास पोस्टभन्दा थोरै परबाट बाहिरियो । इन्ज्युरी समयमा कप्तान किरणले सानदार बचाउ गर्दै नेपालको अग्रता कायम राखे । कर्नरबाट सुरु भएको मुभमा किरणले ६ यार्ड बक्स भित्रबाट गरेको प्रहार आफ्नो बायाँ तर्फ डाइभ दिँदै उत्कृष्ट बचाउ गरेका थिए ।