कनकाई अनलाईन
यहाँस्थित लायन्स क्लव अफ कनकाई सुरुङ्गाले कनकाई नगरपालिका ४ को बगरटोलमा रहेको एक वालविकास केन्द्रलाई आवश्यकीय डेक्स बेञ्चको प्रबन्ध गरेको छ ।
लायन्सले आज विशेष कार्यक्रमको आयोजना गरि कनकाई नगरपालिका ४ को कनकाई वाल शिक्षा केन्द्रमा रहेका ५५ जना वालवालिकाहरुका लागि आवश्यकीय डेक्स बेञ्च, स्टेशनरी सामाग्री र स्कुल ब्याग झोला प्रदान गरेको हो ।
हरिकुल नमुना मावि कनकाई नगरपालिका ३ र लियो क्लव अफ कनकाई सुरुङ्गा सगको सहकार्यमा लायन्सले उक्त विद्यालयमा आज विद्यार्थीका लागि आवश्यकीय डेक्स बेञ्च र शैक्षिक सामाग्रीको जोहो गरिदिएको हो । उक्त विद्यालयमा वाल कक्षाका लागि स्वीकृति लिएको भएपनि त्यहा कक्षा ३ सम्मको पठनपाठन हुदै आएको विद्यालय व्यावस्थापन समितिका अध्यक्ष धर्मेन्द्र सुवेदीले बताउँनुभयो । हामीलाई २ जना शिक्षकहरु कनकाई नगरपालिकाले उपलब्ध गराएको छ भने १ जनालाई कनकाई नगरपालिका ४ नम्बर वार्डले बाकी १ जना शिक्षकलाई हामी गाउँलेले सहयोग संकलन गरेर स्कुल संञ्चालन गरिरहेका छौ अध्यक्ष सुवेदीले भन्नुभयो । अधिकांस ज्याला मजदुरी र माइखोलामा गिटी कुटेर वालुवा चालेर बिहान बेलुकीको छाँक टार्ने अभिभावकहरु रहेकोले स्कुलमा आवश्यकीय डेक्स बेञ्चको समेत जोहो गर्न सकेका थिएनउ , डेक्स बेञ्च नहुदा जाडोको समयमा समेत वालवालिकाहरु भुईमै बसेर पढन बाध्य भएको अध्यक्ष सुवेदीको भनाई छ ।
यता ४ बर्ष पहिले स्थापना भएको उक्त विद्यालयमा आवश्यकीय डेक्सबेञ्च नहुदा अध्यापन गर्न समस्या भएको पाइएपछि लायन्सको सक्रियतामा स्कुलमा आवश्यकीय शैक्षिक सामाग्री हस्तानतरण गरिएको लायन्स क्लव अफ कनकाई सुरुङ्गाका अध्यक्ष सन्जय गजुरेलले बताउँनुभयो ।
यता स्कुलका विद्यार्थीहरुका शैक्षिक गतिविधिमा लायन्सले बिगत लामो समयदेखि काम गर्दै आएको भन्दै लायन्स क्लव अफ कनकाई सुरुङ्गाका संस्थापक अध्यक्ष लीला चिमरियाले यस स्कुलका विद्यार्थीहरुलाई हरिकुल नमुना मावि र लियो क्लवको समन्वयमा स्कुलका विद्यार्थीहरुलाई चाडै न्यानो कपडा समेत प्रदान गर्ने घोषणा गर्नुभयो । उक्त स्कुल सुरुङ्गा बजारकै छेउमा भएर पनि वत्ती मुनिको अध्यारोजस्तो भएको भन्दै अबका दिनहरुमा विद्यार्थीहरुलाई आवश्यकिय सहयोग गर्ने प्रतिवद्धता जनाउँनुभयो ।
कार्यक्रममा बोल्दै कनकाई नगरपालिका ४ का वडाध्यक्ष रोषन सुवेदीले स्कुलको मान्यता नपाउँदा उक्त स्कुलले सरकारबाट दरबन्दी लगायातको सुविधा नपाएको बताउँनुभयो । वार्डले समेत दिएको सहयोग शिक्षकलाई तलव खुवाउनकै लागि अपर्याप्त हुने हुदा स्कुलको शैक्षिक गतिविधिमा समस्या भएको थियो लायन्स जस्ता सहयोगी दाताकै कारण स्कुलका विद्यार्थीले डेक्समा बस्न पाउने भए आवश्यकीय शैक्षिक सामाग्री प्राप्त गरे वडाध्यक्ष सुवेदीले भन्नुभयो । यस क्षेत्रबाट स्कुल हटाउँदा समेत यहाँका गरिब परिवारका विद्यार्थीहरु अध्यानबाट बञ्चित हुने सुवेदीले बताउँनुभयो । यहाँ अध्यानरत् विद्यार्थीहरुलाई हामीले छिमेकी विद्यालय गायत्री आधारभुत विद्यालयको सहयोगमा विद्यार्थीलाई परिक्षामा सहभागि गराउँनुपरेको छ सुवेदीले भन्नुभयो ।
यता स्कुलमा डेक्स बेञ्च प्रदान गरिएसगै लायन्सको यस कार्यलाई स्थानीयवाशीले मुक्त कण्ठले प्रसंसा गरेका छन ।